Recent Articles
Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

Sunday, December 22, 2013

परदेशीकी पत्नी हुँदा...

Sunday, December 22, 2013 - 0 Comments

अखण्ड भण्डारी @ekantipur
ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो । अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो, 'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

Wednesday, December 11, 2013

बाबुले गति छाडेपछि छोरालाई यस्तो सजाय

Wednesday, December 11, 2013 - 0 Comments

बावियाचौर–६ सुर्खेतका ११ वर्षीय विमल (नाम परिवर्तन) एचआइभी संक्रमित हुन्।

उनी आफ्नै कारण एचआइभी संक्रमित भएका भने होइनन्। संक्रमित बुवाआमाबाट जन्मिएका बिमल गर्भमै एचआइभी संक्रमित भइसकेका थिए।
तर, २ वर्षअघि मात्रै उनी एचआइभी संक्रमित भएको थाहा भयो।

बिरामी बुवाको उपचारका क्रममा रगत जाँच गर्दा एचआइभी संक्रमण फेलापरेपछि आमा छोराको पनि रगत जाँच गरियो।
दुबैको रगतमा एचआइभीको संक्रमण फेला पर्‍यो।

विमललाई आफू संक्रमित  भन्ने थाहा छ।  यस्तो रोग लाग्दैमा मानिसको मृत्यु भइहाल्दैन नियमित औषधि प्रयोग गरे धेरै वर्ष बाच्न सकिन्छ भन्ने पनि उनलाई जानकारी छ।
तर पनि कहिलेकाही आफूले गर्दै नगरेको गल्तीको सजाय पाइरहेको जस्तो लाग्ने बताउँछन्।

'बुवाले गरेको एउटा सानो गल्तीले आमा र मैले यस्तो सजाय भोग्नुपर्‍यो' उनले सेतोपाटीसँग भने।
तर उनी बुवालाई मात्रै सबै दोष पनि दिदैन्न। 'उहाँले पनि अन्जानमै गर्नुभएको गल्ती हो, पहिले नै यसका बारेमा जानकारी पाएको भए यस्तो हुनेथिएन, ' उनी सम्झन्छन्।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण हरेक वर्ष भारत जाने बिमलका बुवा उतैबाट एचआइभी संक्रमित भएर आए।
उनलाई आफू संक्रमित भएको बारे जानकारी थिएन। उनीबाट श्रीमतीलाई पनि एचआइभी संक्रमण भएछ।
दुबैबाट जन्मिएका बिमललाई पनि संक्रमण भयो।
बिमलकी आमा अमृता (नाम परिवर्तन) पनि श्रीमानले गरेको गल्तीले गर्दा छोराले जीवनभर सजाय पाएको बताउँछिन्।
बिमलका बुवा पनि अहिले पश्चातापमा छन्। भन्छन्, 'मैले त्यो गल्ती नगरेको भए छोराले जिन्दगीभर यो सजाय पाउने थिएन।'

दुई वर्षदेखि कामका लागि भारत जान छोडेका विमलका बुवा भारतमा बस्ने धेरैलाई एचआइभी संक्रमण भएको हुन सक्ने बताउँछन्। 'त्यहाँ काम गर्न गएका अधिकांश पुरुषहरु हप्ता वा महिनामा एक दिन यौनकर्मी महिलाहरुको सम्पर्कमा पुग्छन्' उनले भने, 'उनीहरुसँग प्राय असुरक्षित यौन सम्बन्ध राख्ने हुनाले संक्रमणको सम्भावना बढी देखिन्छ।'
भारतमा काम गरेर आएकाहरुको सुरुमा रगत जाँच गराउन सके गल्ती नगरेरै जीवनभर सजाय भोग्न आफ्नो छोरा विमलको जस्तो अवस्था अरुले भोग्न नपर्ने उनी बताउँछन्।
भारत जाने आउने नाकाहरुमा सरकारले निःशुल्क रगत जाँच र परामर्श सेवा दिने व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

पश्चिम सुर्खेतकै तातापानिका ८ वर्षीय जीवन(नाम परिवर्तन) पनि एचआइभि संक्रमित हुन्। संक्रमित बुवाआमाबाटै उनलाई पनि एचआइभि संक्रमण भएको हो। एचआइभिका क्षेत्रमा क्रियाशिल संस्थाको सहयोगमा उनी अहिले काठमाण्डौमा बसेर पढ्दै छन्।

जीवनकी आमा पार्वती(नाम परिवर्तन) भन्छिन्, 'हाम्रो गल्तीको सजाय यो नाबालकले पनि पायो।' पार्वतीले तरङगाका एक युवकसँग प्रेमविवाह गरिन्। श्रीमान कामका लागि प्राय भारतमा बस्थे।
श्रीमानसँगै पार्वती पनि भारत गईन्। केही समय उतै बसिन्। श्रीमान पटक पटक विरामी भइरहन्थे। पार्वती पनि विरामी पर्न थालिन्। लक्षण दुवै जनाका उस्तै थिए। उपचारका लागि अस्पताल जाऔँ भन्दा श्रीमानले मानेनन्। एक दिन पार्वतिका श्रीमान वेपत्ता भए। एक महिनासम्म फर्केर नआएपछि उनी नेपाल फर्किइन्। यहाँ आएर बाबियाचौरमा रहेको भिसिटि केन्द्रमा रगत परिक्षण गर्दा उनमा एचआइभि संक्रमण देखियो।

पार्वती भन्छिन्, 'उहाँ(श्रीमान)लाई पनि एचआइभि संक्रमण भएको थाहा भएर होला सायद मैले अस्पताल जाऔँ भन्दा कहिल्यै मान्नुभएन।'

विमल र जीवनजस्तै थुपै्र बालबालिकाहरु छन्, जो आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन्। जिल्ला एड्स समन्वय समिति(ड्याक) सुर्खेतका अनुसार सुर्खेतमा ४७ जना बालबालिकामा एचआइभि संक्रमण भएको पाइएको छ।
यो तथ्याङ्क भिसिटि सेन्टरमा आएर रगत जाँच गराउनेहरुको मात्र भएको ड्याकले जनाएको छ। जसमध्ये ३० जना बालक र १७ जना बालिका रहेका छन्। जिल्लामा हाल ४ सय २० जना एचआइभि संक्रमित रहेको फेला परेको छ। जसमध्ये ३ सय २ जना सुर्खेतकै र १ सय १८ जना जिल्ला बाहिर (दैलेख,अछाम) का रहेका छन्। त्यस्तै २० जना पुरुष र ९ जना महिला गरी २९ जनाको मृत्यु भइसकेको छ।

Sunday, December 8, 2013

हाम्रो नेपलमा : १२ वर्षका दुलाहा, ११ की दुलही

Sunday, December 8, 2013 - 0 Comments

महोत्तरी-निलो रंगको कोट र पहेंलो रंगको टोपीमा ठाँटिएका बेहुला र रातो साडीमा सिंगारिएकी बेहुली। आँगनभरि जम्मा भएका आफन्तको आँखा बेहुला–बेहुलीमा ठोक्किएको छ। जन्तीको ध्यान बेहुला–बेहुलीभन्दा भोजभतेरतिर केन्द्रित छ। रक्सी र सुँगुरको मासुको स्वाद चाख्न जन्तीलाई भ्याइनभ्याई छ।


दुई हजार तिरेर ल्याइएको साउन्ड सिस्टमबाट चर्को स्वरमा बजेको गीतमा सबै झुमेका छन्। २५ हजारमा ल्याइएको रात्रिनृत्यले बिहेको रौनक बढाएको छ।

मटिहानी–१ का झगरु मल्लिक डोमकी ११ वर्षीया छोरी वीणाकुमारी र एकडारा बेला–५ का सुरेश मल्लिकका १२ वर्षीय छोरा रोशनको बिहेको यो माहोलले शनिबार महोत्तरी मटिहानीको डोम बस्ती तातेको थियो।

बिहेको सामाजिक र सांस्कृतिक दायित्वसमेत बुझ्न नसक्ने उमेरमा प्रणय सूत्रमा बाँधिन लागेका रोशन र वीणा कहिले वरिपरि त कहिले एकअर्कालाई हेर्दै अचम्म मानिरहेका थिए।

बाँसको सामग्री बनाएर साँघुरो कोठामा जीवनयापन गर्ने मटिहानीका डोम समुदायमा बिहेको खुसी थामिसाध्य थिएन। मुलुकमा थुप्रै परिवर्तन भए पनि डोमबस्तीमा त्यसको कत्ति प्रभाव परेको छैन। आफ्नो पौराणिक रीतिरिवाजलाई निरन्तरता दिँदै बालविवाह गर्ने चलन डोम समुदायले छाड्न सकेको छैन।

सके गर्भमै, नभए ५ वर्षको उमेरभित्रै बिहे गरिसक्ने परम्पराअनुसार झगरु डोमले ११ वर्षीया छोरी वीणाको बिहे १२ वर्षीय रोशनसँग परम्परागत शैलीमा धुमधामका साथ गराए।

समाजमा अभिशाप मानिने बालविवाहलाई डोम समुदायले भने अनिवार्य ठान्ने गरेको छ। यो समुदायमा सामान्यतः आमाको दूध छाडेको बच्चा बिवाहयोग्य मानिन्छ र बिहेका लागि वरवधु खोज्ने काम सुरु हुन्छ। पाँच वर्ष नाघेपछि छोराछोरीको बिहे हुन नसक्ने उनीहरूको विश्वास छ।

जन्मेको तीन वर्षपछि बाबु गुमाएका रोशनको बिहे गर्नुको प्रमुख कारण जवान भएपछि आफ्नो जातकी केटी नपाउने डर हो। 'ठूलो भइसकेको छ, अब पनि बिहे नगरे आफ्नो जातकी केटी पाइँदैन,' रोशनका दाजु श्रवणले भने।

केटी पक्षले एक थान साइकल, चार आना सुनको गहना, २ हजार ५ सय नगद दाइजोस्वरूप दुलाहा पक्षलाई दिएका छन्। गाउँमा दुलाहा घुम्ने रथको ४ हजार, साउन्ड सिस्टमको २ हजार र रात्रिनृत्यबापत २५ हजार रुपैयाँसमेत दुलही पक्षले खर्च गरेको छ। दुलहीका बाबु झगरुले दाइजो, भोजभतेर, नाचगान, बस–जिप भाडा र सजावट गरी तीन लाख खर्च भएको बताए।

'बालविवाह जीवन तवाह', 'बिहेबारी २० वर्षपारि' जस्ता नारा डोम समुदायमा नपुगेको होइन तर सामाजिक–धार्मिक परम्पराप्रतिको विश्वास र आर्थिक–शैक्षिक ज्ञान अभावले उनीहरूले बालविवाहलाई निरन्तरता दिइरहेका छन्।

जन्ती आएका मनरा–१ का रामसोगारथ मल्लिकले आफ्नो जातिमा बालविवाह कायमै रहेको स्विकार्दै न्यूनीकरणका लागि व्यापक चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

मुलुकी ऐन ११ औं संशोधनले केटाको उमेर २२ र केटीको उमेर १८ वर्ष कटेपछि मात्र बिहे हुनसक्ने व्यवस्था गरेको छ। उक्त ऐनले अभिभावकको मन्जुरीमा केटाको उमेर १८ र केटीको १६ वर्षमा पनि बिहे हुनसक्ने प्रावधान तोकेको छ।

गरिब र अशिक्षित डोमहरूलाई कानुनको यस्तो व्यवस्थाबारे ज्ञान छैन। 'हामी कानुन जान्दैनौं,' दुलहीका बाजे महेन्द्र डोम भन्छन्, 'यो हाम्रो चलन हो। सानै उमेरमा बिहे नगरे हाम्रा छोराछोरीले जोडा नै पाउँदैनन्।'

दुलहीका पिता झगरुका अनुसार डोम समुदायमा बिहे भई श्रीमान्को घर भित्रिनासाथ दुलही माइत फर्किन्छिन्। दुलाहा जवान भएर भरणपोषण गर्नसक्ने भएपछि दुलहीलाई घर पठाउने चलन छ। मुलुकभर १० हजार डोम समुदायको जनसंख्या रहेकोमा महोत्तरीमा २ हजार हाराहारीमा डोम समुदायको बसोबास छ।
- See more at: http://nagariknews.com/feature-article/story/10606#sthash.fBcknflg.dpuf

Friday, November 29, 2013

जन्ती घरमा पुग्दा बेहुली फरार, जन्ती जिल्ल - Bride Escapes at the day of Marriage

Friday, November 29, 2013 - 0 Comments

Same Story in the world:

Some people get cold feet before their big wedding day. Most people know that they’re just getting some jitters and the feeling will pass. Other people become acutely aware that this marriage is a horrible idea. These people go ahead and get out of the situation before it can turn into a lifelong regret. A Wedding Run: Escape From The Bride is the adventure of a man who feels the need to ride as far as he can.

A Wedding Run: Escape From The Bride - Free HD Racing Game by Townsend & Cox, LLC screenshot
He jumps on his scooter to get away from the bride and her angry mother. While he’s cruising along, he can pick up diamonds. There aren’t any characters or vehicles to unlock, so don’t worry about having to go out of your way to pick them up.

To control the scooter, you tap on the screen to jump. Holding you finger longer on the screen will make you jump higher.

There’s a small problem with the scooter. It’s obviously built to have only one rider. Either he showed up to the wedding just so that he could break up with his fiancé, or he stole the scooter when he needed to make a quick exit.

I also think that the bride and her mother are pretty funny. The bride looks like she’s showing off her engagement ring to you, and her mother is obviously going to hit you with her purse.

A Wedding Run: Escape From The Bride - Free HD Racing Game by Townsend & Cox, LLC screenshot
This simple endless runner has a funny premise and great graphics. It’s completely free, so there aren’t any in-app purchases to worry about. The controls are simple and easy, and the idea of a flustered mother trying to beat you with a purse is hilarious.


Thursday, November 28, 2013

पुरुषविहीन बन्दै गाउँबस्ती !

Thursday, November 28, 2013 - 0 Comments

बाजुरा, मंसिर १३ - निर्वाचन सकिएपछि पुरुषहरू रोजगारीका लागि धमाधम भारत जान थालेपछि धेरैजसो
गाउँघर पुरुषविहीन हुन थालेका छन् । हिउँदे खेतीपाती पनि सकिएको र गाउँमा आयआर्जनका माध्यम नभएकाले अधिकांश बेरोजगार पुरुषले घर छाडिसकेका छन् । अहिले गाउँघरमा महिला मात्रै भेटिन्छन् ।
कुल्देवमाडौंका लालबहादुर लोहार मतदान गरेको तेस्रो दिनमै भारत हानिए । 'चौकीदारी गरी गुजारा चलाउनुपर्ने बाध्यता भएकाले भारततिर काम खोज्दै हिँडे,' लालबहादुरले भने, 'चुनावमा भोट दिन मात्र आएको हुँ ।' अधिकांश समय भारतमै बस्ने भएकाले मतदाता नामावलीमा उनको नामसमेत थिएन । लालबहादुरसँगै उनको गाउँका १६ युवाले एकैदिन घर छाडेको स्थानीय काल्चे लोहारले बताए ।

जिल्लाका अधिकांश गाविसमा यही अवस्था रहेको स्थानीय बासिन्दा बताउँछन् । गुदुखातीका पदमबहादुर रावत भन्छन्, 'यतिबेला हाम्रो गाविसमा पुरुष भेटिने घर कमै छन्, छिमेकी गाउँघरको अवस्था पनि यही हो ।'
यो अवधिमा गाउँघरमा रोजगार तथा ज्याला मजदुरीका कुनै गतिविधि छैनन् । 'घरजहान पाल्न भारतमा चौकीदारी गर्न घर छड्नैपर्ने बाध्यता हुन्छ', कैलाशमाडौंको गडीगाउँका डम्म बुढाले भने । 'निर्वाचनपछि पुरुषहरू धमाधम भारत हानिएकाले हाम्रो गाउँमा त मर्दापर्दा पनि समस्या होलाजस्तो छ,' कैलाशमाडौंकै पार्वती बुढाले भनिन्, 'चुनावासम्म निकै रमाइलो हाम्रो गाउँमा अहिले मुस्किलले एकदुई परिवारमा मात्रै पुरुष होलान् ।' मंसिरदेखि चैत/वैशाखसम्म गाउँमा खासै काम नहुने भएकाले पुरुषहरू मजदुरी गरेर कमाई गर्न भारत जाने स्थानीय बासिन्दा बताउँछन् । यतिबेला घर छाडेकाहरू बिसु पर्वमा घर फर्किन्छन् ।

यतिबेला सरकारी निकायबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुनुपर्ने कुनै पनि विकासे गतिविधि सञ्चालन हुन सकेका छैनन् । कतिपय निकायहरूको समयमै बजेट निकासा भए पनि निर्वाचनको चटारोका कारण कार्यान्वयन तहमा भने जान नसकेको जिल्ला विकास समितिका कर्मचारीहरू बताउँछन् ।

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks