Recent Articles
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Thursday, December 19, 2013

कोठा न्यानो खोज्दा दुई युबाको ज्यान गयो !

Thursday, December 19, 2013 - 0 Comments

काठमाडौ, पुस ५ - न्यानो पार्न बायो बिक्रेट बालेर कपनको एउटा कोठामा गत शुक्रबार सुतेका दुई युवा पुनः ब्युँझिएनन् । त्यही 'न्यानो' उनीहरूको काल बन्यो । हावा राम्ररी पास नहुने कोठामा उनीहरूको निसासिएर मृत्यु भयो ।
नगरकोटको होटलमा मृत पाइएका दुई चिनियाँ नागरिकको मृत्युको कारण पनि गुम्सिएको ग्यास नै भएको पाइएको छ । त्यसबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसको विषाक्त प्रभावले ज्यानै लिन्छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्ती त्यसैले सचेत रहन सबैलाई सल्लाह दिन्छन् ।
विज्ञहरूका अनुसार चिसो याममा झ्याल-ढोका लगाएर वा राम्ररी हावा आउ-जाउ गर्न नसक्ने ठाउँमा आगो बाल्दा यस्ता दुर्घटना हुन्छन् । मट्टतिेल स्टोभ, हिटिङ सिस्टम, जेनरेटर, चुरोट, इन्धन हिटर, ग्यास गिजर, ग्यास स्टोभ आदिबाट पनि कार्बन मोनोअक्साइड निस्कन्छ । गुम्सिने ठाउँमा ती बालेर बस्नु हुँदैन ।
'यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्तिले कराउन पनि सक्दैन,' डा. वस्ती भन्छन्, 'अन्ततः लठ्ठ परेर मृत्यु नै हुन्छ ।' आगो ताप्नै परे झ्याल खुला राख्न र सुत्नुअघि निभाउन उनले सुझाव दिए । उनका अनुसार विद्युत् हिटर चलाउँदा पनि झ्याल खुला राख्नुपर्छ ।
ग्यास गिजर भएका बाथरुममा हावा ओहोर-दोहोर गर्न झ्याल खुल्ला हुनैपर्ने उनले बताए । गत वर्ष ग्यास गिजरको गुम्स्याइले दुई जनाको मृत्यु भएको थियो । कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन ग्यास रहेको जानकारी दिँदै त्रिवि केन्द्रीय विभागका रसायन शास्त्री प्रा डा. विनय झा भन्छन्, 'यो कार्बनडाइ अक्साइडभन्दा खतरनाक हुन्छ ।'

Wednesday, December 11, 2013

बाबुले गति छाडेपछि छोरालाई यस्तो सजाय

Wednesday, December 11, 2013 - 0 Comments

बावियाचौर–६ सुर्खेतका ११ वर्षीय विमल (नाम परिवर्तन) एचआइभी संक्रमित हुन्।

उनी आफ्नै कारण एचआइभी संक्रमित भएका भने होइनन्। संक्रमित बुवाआमाबाट जन्मिएका बिमल गर्भमै एचआइभी संक्रमित भइसकेका थिए।
तर, २ वर्षअघि मात्रै उनी एचआइभी संक्रमित भएको थाहा भयो।

बिरामी बुवाको उपचारका क्रममा रगत जाँच गर्दा एचआइभी संक्रमण फेलापरेपछि आमा छोराको पनि रगत जाँच गरियो।
दुबैको रगतमा एचआइभीको संक्रमण फेला पर्‍यो।

विमललाई आफू संक्रमित  भन्ने थाहा छ।  यस्तो रोग लाग्दैमा मानिसको मृत्यु भइहाल्दैन नियमित औषधि प्रयोग गरे धेरै वर्ष बाच्न सकिन्छ भन्ने पनि उनलाई जानकारी छ।
तर पनि कहिलेकाही आफूले गर्दै नगरेको गल्तीको सजाय पाइरहेको जस्तो लाग्ने बताउँछन्।

'बुवाले गरेको एउटा सानो गल्तीले आमा र मैले यस्तो सजाय भोग्नुपर्‍यो' उनले सेतोपाटीसँग भने।
तर उनी बुवालाई मात्रै सबै दोष पनि दिदैन्न। 'उहाँले पनि अन्जानमै गर्नुभएको गल्ती हो, पहिले नै यसका बारेमा जानकारी पाएको भए यस्तो हुनेथिएन, ' उनी सम्झन्छन्।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण हरेक वर्ष भारत जाने बिमलका बुवा उतैबाट एचआइभी संक्रमित भएर आए।
उनलाई आफू संक्रमित भएको बारे जानकारी थिएन। उनीबाट श्रीमतीलाई पनि एचआइभी संक्रमण भएछ।
दुबैबाट जन्मिएका बिमललाई पनि संक्रमण भयो।
बिमलकी आमा अमृता (नाम परिवर्तन) पनि श्रीमानले गरेको गल्तीले गर्दा छोराले जीवनभर सजाय पाएको बताउँछिन्।
बिमलका बुवा पनि अहिले पश्चातापमा छन्। भन्छन्, 'मैले त्यो गल्ती नगरेको भए छोराले जिन्दगीभर यो सजाय पाउने थिएन।'

दुई वर्षदेखि कामका लागि भारत जान छोडेका विमलका बुवा भारतमा बस्ने धेरैलाई एचआइभी संक्रमण भएको हुन सक्ने बताउँछन्। 'त्यहाँ काम गर्न गएका अधिकांश पुरुषहरु हप्ता वा महिनामा एक दिन यौनकर्मी महिलाहरुको सम्पर्कमा पुग्छन्' उनले भने, 'उनीहरुसँग प्राय असुरक्षित यौन सम्बन्ध राख्ने हुनाले संक्रमणको सम्भावना बढी देखिन्छ।'
भारतमा काम गरेर आएकाहरुको सुरुमा रगत जाँच गराउन सके गल्ती नगरेरै जीवनभर सजाय भोग्न आफ्नो छोरा विमलको जस्तो अवस्था अरुले भोग्न नपर्ने उनी बताउँछन्।
भारत जाने आउने नाकाहरुमा सरकारले निःशुल्क रगत जाँच र परामर्श सेवा दिने व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

पश्चिम सुर्खेतकै तातापानिका ८ वर्षीय जीवन(नाम परिवर्तन) पनि एचआइभि संक्रमित हुन्। संक्रमित बुवाआमाबाटै उनलाई पनि एचआइभि संक्रमण भएको हो। एचआइभिका क्षेत्रमा क्रियाशिल संस्थाको सहयोगमा उनी अहिले काठमाण्डौमा बसेर पढ्दै छन्।

जीवनकी आमा पार्वती(नाम परिवर्तन) भन्छिन्, 'हाम्रो गल्तीको सजाय यो नाबालकले पनि पायो।' पार्वतीले तरङगाका एक युवकसँग प्रेमविवाह गरिन्। श्रीमान कामका लागि प्राय भारतमा बस्थे।
श्रीमानसँगै पार्वती पनि भारत गईन्। केही समय उतै बसिन्। श्रीमान पटक पटक विरामी भइरहन्थे। पार्वती पनि विरामी पर्न थालिन्। लक्षण दुवै जनाका उस्तै थिए। उपचारका लागि अस्पताल जाऔँ भन्दा श्रीमानले मानेनन्। एक दिन पार्वतिका श्रीमान वेपत्ता भए। एक महिनासम्म फर्केर नआएपछि उनी नेपाल फर्किइन्। यहाँ आएर बाबियाचौरमा रहेको भिसिटि केन्द्रमा रगत परिक्षण गर्दा उनमा एचआइभि संक्रमण देखियो।

पार्वती भन्छिन्, 'उहाँ(श्रीमान)लाई पनि एचआइभि संक्रमण भएको थाहा भएर होला सायद मैले अस्पताल जाऔँ भन्दा कहिल्यै मान्नुभएन।'

विमल र जीवनजस्तै थुपै्र बालबालिकाहरु छन्, जो आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन्। जिल्ला एड्स समन्वय समिति(ड्याक) सुर्खेतका अनुसार सुर्खेतमा ४७ जना बालबालिकामा एचआइभि संक्रमण भएको पाइएको छ।
यो तथ्याङ्क भिसिटि सेन्टरमा आएर रगत जाँच गराउनेहरुको मात्र भएको ड्याकले जनाएको छ। जसमध्ये ३० जना बालक र १७ जना बालिका रहेका छन्। जिल्लामा हाल ४ सय २० जना एचआइभि संक्रमित रहेको फेला परेको छ। जसमध्ये ३ सय २ जना सुर्खेतकै र १ सय १८ जना जिल्ला बाहिर (दैलेख,अछाम) का रहेका छन्। त्यस्तै २० जना पुरुष र ९ जना महिला गरी २९ जनाको मृत्यु भइसकेको छ।

Sunday, December 8, 2013

कुन फल खाने मानिसको स्वभाव कस्तो ?

Sunday, December 8, 2013 - 0 Comments


मानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदी कुनै व्यक्तिले मन पराउने खानेकुराको बारेमा जानकारी हासिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात् स्वभावबारे केही हदसम्म जान्न सकिन्छ ।
हामीले प्राय खाने फलफूलहरूले पनि मानिसको स्वभावबारे थाहा पाउन सकिने बताइन्छ । फलफुलले शरिरलाई फुर्ति तथा शक्ति मात्र दिने नभई फल अनुसार मानिसका स्वभाव हुने गर्छन् । अर्थात् कुनै मानिसलाइ मन पर्ने फल कुन हो भन्ने थाहा पाउन सके उसको स्वभावबारे जानकारी हासिल गर्न सकिन्छ । थाहा पाऔ कुन फल खाने अर्थात मन पराउने मानिसको स्वभाव कस्तो हुन्छ ।

१. सुन्तला: सुन्तला मन पराउने मानिसहरू कडा मेहेनत गर्नसक्ने खालका हुन्छन् । काम ढिलो-ढिलो गरी गर्ने गर्छन् तर निकै राम्रोसँग उक्त कामलाई सम्पन्न गर्छन् । केही लजालु स्वभावका हुन्छन् । आफ्नो मनको कुरा प्राय खुलस्त बाहिर ल्याउँदैनन् । यस्तै उनीहरु निकै मिलनसार पनि हुन्छन् । बहस र लडाईबाट टाढा नै रहन रूचाउँछन् । सुन्तला मन पराउने व्यक्तिहरू चाडै साथी बनाउन सक्ने र अर्काको विचारमा चाँडै प्रभावित हुने गर्छन् । सुन्तला मन पराउनेहरुले जीवनमा धेरै पटक ठक्कर समेत खाने गर्छन् ।

२. केरा: जसरी केरा निकै नरम र कोमल हुन्छ त्यसरी नै केरा मन पराउने मानिसहरू पनि नरम र कोमल स्वभावका हुन्छन् । केरा मन पराउने मानिसहरू बाहिरबाट जति कठोर देखिएपनि भीत्रि मन कमलो हुन्छ । शान्त भएर काम गर्ने यीनीहरुको बानी हुन्छ । जीवनमा आउने ठूला संकटलाई पनि धैर्यपूर्वक सुल्झाउने गर्छन् । यी मानिसहरुले आफू पनि सुखी रहन्छन् र अरूलाई पनि सुखी राख्ने गर्छन् ।

३. स्याऊ: स्याउ खान मन पराउने मानिसहरू बढी स्वस्थ हुन्छन् र समाजमा आफ्नो निकै राम्रो प्रभाव बनाउन सफल हुन्छन् । यीनीहरु निर्णय लिने काम एकदमै चाडो गर्ने गर्छन् । आफ्नो वरिपरी हुने घटनाहरुलाई निकै नजिकबाट नियाल्ने गर्दछन् भने काम गर्ने क्षमता पनि निकै राम्रो हुन्छ । यिनीहरू आफ्नो साथी, प्रेमी या प्रेमीकालाई खुसी राख्ने प्रयास गर्छन् । आफ्नो मनको कुरा मनमा रोक्न सक्दैनन् । यिनीहरुको नेतृत्व गर्ने क्षमता निकै उत्कृष्ट हुन्छ ।

४. अगुर: अंगुर खान मन पराउने मानिसहरू प्राय अल्छी हुने गर्छन् । जसरी अंगुर खान कुनै दु:ख हुँदैन त्यस्तै सुख उनीहरु पनि चाहन्छन् । यदी काममा बढी दवाव आयो पनि रिसाउने खालका हुन्छन् । सुन्दरताका अगाडि निकै नै चाडो झुक्ने गर्छन् अंगुर मन पराउने मानिसहरू भने अरूलाई पनि आफूप्रति आकर्षित गर्ने खालका हुन्छन् । यिनीहरु काम गर्न गाह्रो मान्छन् तर सुरू गरेको कामलाई पूरा गरेरै छाड्ने प्रवृती हुन्छ ।

५. नरिवल: जसलाई नरिवल मन पर्छ, उनीहरू कल्पनाशिल, शतर्क र चलाख हुन्छन् । जिद्दी बढी गर्ने, प्रेममा भावुक हुने खालका मानिसहरू हुन्छन् । आफ्नो मेहेनत र बुद्धीका कारण धेरै सफलता हासिल गर्छन् ।

६. मेवाः मेवा मन पराउने मानिसहरू प्राय निडर हुन्छन् । उनीहरू निकै मिलनसार र हसिलो हुन्छन्, यसकारण उनीहरू लामो समयसम्म अरूको मनमा रहन सफल हुन्छन् । उनीहरूलाई कामका सिलसिलामा मस्ति र रमाइलो गर्ने कुरा मन पर्देन । सही समयमा सही ठाऊँमा रहन सक्ने गुण हुन्छ ।

७. आँपः आँप मन पराउने व्यक्तिहरू प्राय आफ्नो विचारमा अडिग रहन्छन् । उनीहरुको विचार र फैसलामाथि अड्चन ल्याउन निकै कठीन हुन्छ । स्थितिलाई आफ्नो अनुसार ढाल्न सक्ने खुवी पनि यीनीहरुमा हुन्छ । आँप मन पराउने मानिसहरू चुनौतीपूर्ण कामलाई पहिले गर्न रूचाउँछन् ।

भ्रम र वस्तविकता : हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?

काठमाडौं, २३ मंसिर । हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ ।

उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत बुभाइ छ । मानिस सोच्छन् कि अन्धोपना र शरीरमा हुने कमजोरीको कारण हस्तमैथुन नै हो । तर, यो बिल्कुलै गलत बुझाइ हो ।

‘डेली मेल’को समाचारका अनुसार हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन बरु फाइदा पुर्‍याउँछ ।

अष्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटीकी ‘पब्लिक हेल्थ साइन्टिस्ट’ एन्थोनी सान्टेलाका अनुसार हस्तमैथुनले मधुमेह, प्रोस्टेट क्यान्सर र युरिन सम्बन्धी समस्या कम हुन सक्छ ।

अनुसन्धानमा सहभागी ९४ प्रतिशत पुरुषले आफूले हस्तमैथुन गर्ने गरेको स्वीकार गरेका थिए भने ८५ प्रतिशत महिलाले पनि आफूले हस्तमैथुन गर्ने गरेको स्वीकारका थिए । जसमा केही गर्भवती महिला पनि सामेल थिए ।

अनुसन्धानबाट प्राप्त नजिता अनुसार कुनै महिलाले हस्तमैथुन गर्छन् भने उनीहरुमा ‘गर्भाशयमा हुन सक्ने संक्रमण’ र ‘मुत्र मार्गमा हुने संक्रमण’को सम्भावना कम हुन जान्छ ।

यस्तै हस्तमैथुनले निन्द्रा नलाग्ने समस्या र तनावबाट पनि छुट्कारा मिल्छ । यस बाहेक हस्तमैथुन गर्नाले गर्भाशय नजिकको भाग पनि मजबुत हुन्छ ।

अध्ययनमा यो पनि पाइयो कि हस्तमैथुनले क्यान्सरबाट पनि जोगाउन मद्दत गर्छ । अध्ययनका अनुसार जो पुरुष नियमित रुपमा हस्तमैथुन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा एकदमै न्यून हुन्छ । प्रोस्टेट ग्रन्थीबाट निस्कने विषाक्त पदार्थ (टोक्सिन) हस्तमैथुनका क्रममा निस्कन्छ र प्रोस्टेट क्यान्सरको सम्भावना पुरुषमा कम हुन जान्छ ।

त्यस्तै एक अष्ट्रेलियन जोडीले दावी गरेका छन् कि हस्तमैथुन गर्नाले ‘डिप्रेसन’बाट पनि छुट्कारा पाउन सकिन्छ । हस्तमैथुनका समयमा तनाव कम गर्ने ‘एन्ड्रोफिन’ उत्पादन हुन्छ, जसका कारण व्यक्ति खुशी रहन्छन् । यसले ‘कोर्टिसोल’ हर्मोनमा बृद्धि हुन्छ र शरीरको ‘प्रतिरक्षा प्रणाली’ मजबुत बनाउन मद्दत गर्छ ।

यस्तै उक्त अध्ययनमा दावी गरिएको छ कि हस्तमैथुनले निन्द्रा नलाग्ने रोग र डिप्रेसन निदान हुन्छ र प्रतिरक्षा प्रणाली समेत मजबुत हुन्छ ।

उक्त अध्ययनमा यो पनि दावी गरिएको छ कि हस्तमैथुनबाट चाँडै नै सेक्सको चरम आनन्द समेत प्राप्त गर्न सकिन्छ । जसले नियमित चरम आनन्द प्राप्त गर्छन् उनीहरु तनावबाट मुक्त हुन्छन् भने उनीहरुको रक्तचाप पनि सामान्य रहन्छ र शरीरमा हुने पीडाबाट उनीहरु टाढा रहन्छन् ।

उक्त अध्ययनका अनुसार हस्तमैथुन गर्नाले आफ्नो ‘पार्टनर’लाई पनि खुशी बनाउन सकिन्छ अर्थात हस्तमैथुन गर्ने ‘व्यक्तिको प्रस्तुति ओछ्यानमा पनि राम्रो हुन्छ ।’ –एजेन्सीको सहयोगमा ।

Tuesday, December 3, 2013

Human stem cells converted to functional lung cells

Tuesday, December 3, 2013 - 0 Comments

3 Dec-New York: Scientists have for the first time transformed human stem cells into functional lung and airway cells.

The advance, by Columbia University Medical Center (CUMC) researchers, has significant potential for ling lung disease, screening drugs, studying human lung development and ultimately, generating lung tissue for transplantation.“Researchers have had relative success in turning human stem cells into heart cells, pancreatic beta cells, intestinal cells, liver cells, and nerve cells, raising all sorts of possibilities for regenerative medicine,” said study leader Hans-Willem Snoeck.

“Now, we are finally able to make lung and airway cells. This is important because lung transplants have a particularly poor prognosis,” said Snoeck, professor of medicine (in microbiology & immunology) and affiliated with the Columbia Center for Translational Immunology and the Columbia Stem Cell Initiative.

“Although any clinical application is still many years away, we can begin thinking about making autologous lung transplants – that is, transplants that use a patient’s own skin cells to generate functional lung tissue,” Snoeck said. The research builds on Snoeck’s 2011 discovery of a set of chemical factors that can turn human embryonic stem (ES) cells or human induced pluripotent stem (iPS) cells into anterior foregut endoderm – precursors of lung and airway cells.

In the current study, Snoeck and his colleagues found new factors that can complete the transformation of human ES or iPS cells into functional lung epithelial cells (cells that cover the lung surface). The resultant cells were found to express markers of at least six types of lung and airway epithelial cells, particularly markers of type 2 alveolar epithelial cells.

Type 2 cells are important because they produce surfactant, a substance critical to maintain the lung alveoli, where gas exchange takes place; they also participate in repair of the lung after injury and damage. The findings have implications for the study of a number of lung diseases, including idiopathic pulmonary fibrosis (IPF), in which type 2 alveolar epithelial cells are thought to play a central role. “No one knows what causes the disease, and there’s no way to treat it,” said Snoeck.

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks