Sunday, December 8, 2013
बरिष्ठ फिल्म निर्देशक रेग्मीको निधन
Sunday, December 8, 2013 by Unknown
काठमाडौं, मंसिर २४ - बरिष्ठ फिल्म निर्देशक शिव रेग्मीको निधन भएको छ ।बल्खुस्थित बयोधा अस्पतालमा उपचारकोक्रममा सोमबार बिहान पौने ६ बजे निधन भएको हो । उनी ९ महिनादेखि मृगौला रोगको उपचार गराउँदै आएका थिए । निमोनियाका कारण मृगौला प्रत्यारोपण गर्न नमिलेपछि रेग्मीको स्वास्थ्य झन बिग्रंदै गएको थियो । उनका कान्छा भाइ सरोजले एउटा मृर्गौला दिने निधो गरे पनि रोगमाथि रोग थपिएपछि मृर्गौला प्रत्यारोपण हुन सकेको थिएन ।
४८ वर्षीय निर्देशक रेग्मीको पार्थिव शरीरलाई बिहान ९ बजेसम्म बयोधा अस्पतालमा राखिने र अन्त्येष्टिका लागि सोमबार नै गृहजिल्ला नारायणगढस्थित बारघरेमा लगिने पारिवारिक स्रोतले जनाएको छ ।
गत फागुनदेखि उनी सिकिस्त भएका हुन् ।
उनका ६ भाइ छोरामध्ये शिव जेठा हुन् । शिवको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
उनले निर्देशन गरेको पहिलो चलचित्र 'आफन्त' हो । त्यसपछि उनले 'आफ्नो मान्छे', 'ए मेरो हजुर', 'मुग्लान,' 'सुखदुःख,' 'हामी तीनभाइ,' 'कहाँ भेटिएला' जस्ता सफल फिल्म निर्माण गरे । पछिल्लो समय निर्देशन गरेको 'मनले मनलाई छुन्छ' र 'पराई' प्रदर्शनको तयारीमा छ । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)


0 Responses to “बरिष्ठ फिल्म निर्देशक रेग्मीको निधन”
Post a Comment