Sunday, December 22, 2013
हेटौडा, पुस ७ - हेटौंडामा मुख्य शाखा रहेको अल्पाइन डेभलपमेन्ट वैंकको १० लाख रुपैयाँ लुटिएको छ ।
हेटौंडाको मुख्य शाखाबाट छतिवन गाविसस्थित उपशाखामा लैजादै गर्दा बाटोबाट रकम लुटिएको हो ।
छतिवन शाखाका प्रबन्धक विष्णु अधिकारी र गार्ड रामबहादुर माझी रकमसहित मोटरसाईकलमा छतिवन जाँदै थिए ।
हर्नामाडी गाविसको फुर्केचौरनजिकैको जंगलमा मोटरसाईकलमा आएका दुई जनाले पेस्तोल देखाएर रकम लुटेको कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बा १३ प १७३५ नम्बरको पल्सर मोटरसाईकलमा आएका लुटेरा रकम लिएर मोटरसाईकल छाडेर भागेका छन् । घटना साढे ११ बजे भएको हो ।
प्रहरीले प्रबन्धक अधिकारी र गार्ड माझीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
मंसिर अन्तिम साता पनि नेपालगञ्जस्थित नविल बैंकको दुई करोड ३० लाख रुपैयाँ धनगढी ल्याउने क्रममा लुटिएको थियो ।
Wednesday, December 18, 2013
काठमाडौं गौशालास्थित होटेल महाराजाको कोठा नम्बर १०९ मा बसेर नवीनग्राम प्रावि नाङ्लेभारेका शिक्षक कुलप्रसाद दंगाल आफ्ना ४ जना सहयोगीसहित काभ्रेबाट चोरेर ल्याएको सय वर्षभन्दा पनि पुरानो १३ किलोको सुनौलो बुद्धको मूर्तिको मोलमोलाई करोमा गरिरहेका थिए । त्यस्तै भयो दिनेश श्रेष्ठ भन्ने वसन्त सुना, मानबहादुर गुरुङ र रमेश श्रेष्ठलाई पनि । उनीहरु ललितपुरको बालकुमारीचोकस्थित यात्रु प्रतीक्षालयमा नुवाकोटबाट चोरेर ल्याएको ६ केजी तौलको उस्तै बुद्धमूर्ति १० लाखमा बार्गेनिङ गरेर खरिदकर्ता कुरिरहेका थिए । शिक्षक दंगाल र उनको टोलीका सुदर्शन सुनुवार, कुमार लकाई, मानध्वज तामाङ र सोनाम लामा २५ मंसिरमा केन्द्रीय अनुसन्धान व्युरोको फन्दामा परेको अन्नपूर्ण पोस्टमा खबर छ । त्यसको भोलीपल्टै नुवाकोटबाट चोरेको मूर्ति बेच्न खोज्ने टोलीलाई व्युरोले नै समातेको थियो ।
नेपालबाट चीनतिर पुरातात्विक महत्वका मूर्तिहरु बेच्ने गिरोह खोज्ने क्रममा प्रहरीले यी दुईवटा टोली फेला पारेको हो ।
पेसाले ट्रक ड्राइभर र सहयोगी रहेका तीनैजना नेपाली लामो समयदेखि हिमाञ्चलमा रोजगारीमा रहेको कुल्लु प्रहरीको अभियोग दर्ता (एफआईआर) मा उल्लेख छ । गत जुन ४ को मध्यरातमा मनालीबाट ८ किलोमिटर टाढाको वशिस्ट गाउाबाट ट्रकमा लिफ्ट लिएकी अमेरिकी युवतीलाई पाल्चन भन्ने स्थानमा लगेर तीन जनाले बलात्कार गरेको र युवतीका साथमा रहेको क्यामेरा, मोबाइल, ५ हजार भारुसमेत लुटेको आरोप छ ।
हिमाञ्चल प्रहरीका एसपी विनोद धवनका अनुसार तीनै जनालाई जनही १० हजार भारुका दरमा जरिवानासमेत तोकिएको छ । जरिवाना बुझाउन नसके जेल सजाय अरू थपिनेछ । सोमबहादुर, लक्की र अर्जुन नाम राखेर अमेरिकी युवतीले जुन ४ मा दर्ता गराएको एफआईआरमा यिनीहरूको पूरा ठेगाना खुलाइएको छैन । यो घटनाको दुई दिनपछि मनालीबाट पक्राउ परेका तीन जनामाथि लगाइएको आरोपमा १७ जना साक्षीको बयान लिइएको थियो ।
जिल्ला अदालतको सजायविरुद्ध उनीहरू पुनरावेदनमा जान सक्ने बताइएको छ । घटना र अदालती निर्णयबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी आएको छैन ।
Tuesday, December 17, 2013
लागूऔषध बिरुद्ध 'अप्रेसन क्लिजिङ' संचालन गरिरहेको प्रहरीले नेपाल भारत आवतजावत गर्ने जमुनहा नाकाबाट चरेससहित भारत हरियाणा प्रदेश, रोहतक जिल्ला, रुड्की ग्राम वस्ने ४५ वर्षीय रोहताश सिंहलाई पक्राउ गरेको हो ।
शरीरमा लुकाई भारततर्फ लैजाँदै गरेको ३ किलो १ ग्राम चरेस सहित इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले सिंहलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले बताए ।
अघिल्लो दिनमात्र अञ्चल प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले कोहलपुर ८ पिपरीबाट ८ किलो ५ सय ग्राम चरेससहित सल्यान सुइकोट -३ का ५४ वर्षीय कुलबहादुर रावत र सुइकोट -९ का ३४ बषर्ीय ओमप्रकाश शर्मालाई पक्राउ गरेको थियो ।
Wednesday, December 11, 2013

आज बिहान साढे सात बजेसम्म सिंह लुगा धुँदै गरेको देखिएको तर दिउँसो १ बजे गणना गर्दा बल्ल उनी कारागारमा नभएको थाहा भएको थियो।
सुरक्षाकर्मीहरुले उनी शौचालयको ढल प्रयोग गरी भागेको शंका गरेको छ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले 'बन्दी बेपत्ता भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको' बताए।
केन्द्रीय कारागारको सुरक्षा जिम्मा महानगरीय प्रहरी आयुक्तको कार्यालयमा हुन्छ। घिमिरेसहित आयुक्त कार्यालयका निमित्त प्रमुख डिआइजी विश्वराज सिंह शाही र काठमाडौँ प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले कारागार निरीक्षण गरेका छन्।
सर्लाही रघुवा ५ घर भएका सिंहलाई गएको असार ३ गते लागू औषधिसहित लागू औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले साउन १४ गते उनलाई पाँच वर्षको जेल सजाय तोकेको थियो।
सञ्चारकर्मीलाई दुर्व्यवहार
घटनाको रिपोर्टिङका लागि गएका सगरमाथा टिभी संवाददाता बाबुराम तिमिल्सिनाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको बताएका छन्। कारागारको सुरक्षामा खटिएका हवल्दार पदमबहादुर माझीले दृश्य किन खिचेको भन्दै कुटपिट गरेको उनले बताए।
कमजोर सुरक्षा व्यवस्था
तीन वर्षअघि पनि केन्द्रीय कारागारमा एक भारतीय बन्दूकधारीले कडा सुरक्षा घेरा पार गर्दै युनुस अन्सारीलाई गोली प्रहार गरेका थिए। २०६७ फागुन २६ को त्यो घटनापछि कारागार सुरक्षामा रहेको पूरै समूह परिवर्तन गरिएको थियो।
केन्द्रीय कारागारमा अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि देशका संगठित समूहका नाइके चक्रे मिलन लगायतका बन्दीहरु राखिएका छन्।
Tuesday, December 10, 2013

सामुहिक बलात्कारमा संलग्न फुदोर्ची शेर्पा भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक पवन गिरीले बताए । सामुहिक बलात्कार र हत्यापछि लाक्पावाङ्दी र फुदोर्चीले डोमाको साथबाट २ लाख रुपैयाँसमेत लुटेको गिरीले बताए ।
मदिरा सेवन गरेर डोमाको बलात्कारपछि हत्या गरेको पक्राउ परेका लाक्पावाङ्दीले प्रहरीलाई बयान दिएका छन् । जिल्ला प्रहरीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा आरोपी लाक्पावाङ्दीले पहिले सहमतिमा यौन सम्पर्क गर्न प्रस्ताव राख्दा मृतक डोमाले नमानेपछि पटकपटक यातना दिएको बताए ।
'पहिला सहमतिमा गरौ भन्यौ, उनले मानिनन् । त्यसपछि मेरो साथी फुदोर्चीले पटकपटक कुटे', उनले भने, 'त्यसपछि दुबै मिलेर बलात्कार गरेर हत्या गरेका हौ ।' लाक्पावाङ्दीले डोमाको साथबाट लुटेको २ लाखमध्ये ५० हजार लिएको बताए । डोमालाई सामुहिक बलात्कारपछि उनीहरुले मंसिर २ गते राति स्थानीय गोम्बे जंगलमा हत्या गरि ५० मिटर तल फालेको गिरीले बताए ।
अलैची सिमानाको विवादका कारण उनको हत्या गरेको बताए । सामूहिक बलात्कारपछि डोमाले दुबैलाई कानुनी कारबाही गर्ने भनेपछि यातना दिँदै हत्या गरिएको लाक्पावाङ्दीले बयान दिएका छन् । उनले सामूहिक बलात्कार डोमाको गुप्ताङ्गमा ३ फुटको घोचा छिराएर हत्या गरेको स्वीकारेका छन् ।
पक्राउ परेका लाक्पावाङ्दीलाई प्रहरीले बलात्कार, कर्तव्य ज्यान र लुटपाट मुद्दा चलाएको जानकारी दिएको छ । घटनामा संलन फरार फुदोर्चीको भने खोजी भइरहेको छ । फुदोर्चीको तस्बिर मातहतका सबै प्रहरीमा पठाएका छौं, गिरीले भने, उसको तस्बिर जिल्ला बाहिरका प्रहरी कार्यालयमा पनि पठाएर खोजी तीब्र पारेका हौं । प्रहरीले उनको साथबाट नगद १४ हजार बरामद गरेको छ ।
नाबालिका बलात्कृत
पर्सा- यहाँकी एक बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । वीरगन्ज १६ की २ वर्ष १० महिनाकी बालिका दाइ पर्ने १४ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
स्थानीय कलामुद्दिन मन्सुरीलाई बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार बालिकाका आफन्तले दिएको सूचनाका आधारमा कलामुद्दिनलाई पक्राउ गरिएको हो । उनले बालिकालाई शनिबार जबर्जस्ती करणी गरेका थिए ।
बालिकाले आफ्नो यौनांग दुखेको र कलामुद्दिनले जबर्जस्ती गरेको बताएपछि घटना सार्वजनिक भएको हो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै बेला अछाममा महिला हिँसाका दुई वटा घटना सार्वजनिक भएका छन् ।

एउटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको आरोप लागेको छ भने अर्को घटनामा विवाह गर्ने भन्दै भारतमा लगेर बेचेको भन्ने उल्लेख छ। दुवै घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता भएको प्रहरीले बताएको छ।
श्रीमतीको हत्या आरोप लागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। अछाम सदरमुकाम मंगलसेन गाविस घर भई ज्वालादल गण सूर्यबिनायक भक्तपुरमा कार्यरत नेपाली सेनाका जवान ३२ वर्षीय झनक भाट पत्नी हत्याको आरोपमा पक्राउ परेका हुन।
उनकी पत्नी २८ बर्षीया कोकिला भाटको मंसिर २० गते राति हत्या गरेको भन्दै माइती पक्षले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको हो।
घर बिदामा आएका भाटले आत्महत्या गरेको भन्ने पारेर पत्नीको हत्या गरेको आरोप लगाउँदै मृतकका दाजु राजाराम भाटले किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कोकीलाका माईती पक्षले २१ गते नै प्रहरीमा ठाडो निवेदन दिएका आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ।
भाटले काठ्माण्डौमा अर्को बिहे गरेर राखेकाले पत्नीको हत्या गरेको माईती पक्षले दावी गरेका छन्।
मृतक भाट घाँटीमा पासो लगाएर सुत्ने खाट माथि पल्टिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। हत्या आरोपीले आत्महत्या गरेको थाहा पाएपछि बचाउने प्रयासमा आफैले डोरी काटेको प्रहरीसँग बयान दिएको बताईएको छ।
मृतक भाटका दुई छोरा र दुई छोरी छन्। मृतककी जेठी छोरीले आमाबुबाबीच केही दिनदेखि झगडा हुने गरेको र सो रात पनि अबेरसम्म झगडा भएको प्रहरीसँगको बयानका क्रममा बताएको समाचार स्रोतले जानकारी दिएको छ।
प्रहरीले भाटलाई थप अनुसन्धानका लागि आइतबार नै जिल्ला अदालतबाट हिरासतमा राख्न १० दिन म्याद थप गरिसकेको जनाएको छ।
त्यसैगरी, जिल्ला जिल्ला प्रहरी कार्यालय अछाममा विवाह गर्ने बहानामा भारत पुर्याएर बेचेको आरोपमा एक जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
अछामको नन्देगडा गाविस वडा नम्बर ५ की १७ वर्षीया निर्मला खत्रीलाई भारत लगेर बेचेको आरोपमा नवाठाना गाविसका २० वर्षीय मुकेश रावलका नाममा किटानी जाहेरी दर्ता गरिएको छ।
निर्मलाका दाजु खम्म खत्रीले विवाह गर्ने बहानामा आफ्नी बहिनीलाई भारत लगेर बेचेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता गराएका हुन्।
बैशाख १० गते भारतको गुजरात लगेकोमा हाल रावलका परिवार मात्रै फर्केकाले निर्मलाको अवस्था हाल अज्ञात रहेको बताईएको छ।
भारतमै बेचेको भन्ने कुरा खुल्न आएकोले पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा माग गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले जानकारी दिए।
मुकेश रावल र उनका आमाबुबालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंसिर १४ गते नियन्त्रणमा लिएको छ। उनीहरु अहिले पनि जिल्ला प्रहरी कार्यालय कैलालीकै नियन्त्रणमा रहेका छन्।
मुकेशका परिवारले निर्मलाले आत्महत्या गरेको बताएका छन्। उनीहरुले मुकेश र निर्मलाबीच बैशाख महिनामा विवाह भएको बताएका छन्।
मुकेशका परिवारले निर्मलाले आत्महत्या गरेको कुनै प्रमाण देखाउन सकेका छैनन्। उनीहरुले कानूनी झण्झटका कारण लुकिछिपी दाहसंस्कार गरेको भन्ने जवाफ दिएको निर्मलाका माइती पक्षले जानकारी दिएका छन्।
Sunday, December 8, 2013

दुई हजार तिरेर ल्याइएको साउन्ड सिस्टमबाट चर्को स्वरमा बजेको गीतमा सबै झुमेका छन्। २५ हजारमा ल्याइएको रात्रिनृत्यले बिहेको रौनक बढाएको छ।
मटिहानी–१ का झगरु मल्लिक डोमकी ११ वर्षीया छोरी वीणाकुमारी र एकडारा बेला–५ का सुरेश मल्लिकका १२ वर्षीय छोरा रोशनको बिहेको यो माहोलले शनिबार महोत्तरी मटिहानीको डोम बस्ती तातेको थियो।
बिहेको सामाजिक र सांस्कृतिक दायित्वसमेत बुझ्न नसक्ने उमेरमा प्रणय सूत्रमा बाँधिन लागेका रोशन र वीणा कहिले वरिपरि त कहिले एकअर्कालाई हेर्दै अचम्म मानिरहेका थिए।
बाँसको सामग्री बनाएर साँघुरो कोठामा जीवनयापन गर्ने मटिहानीका डोम समुदायमा बिहेको खुसी थामिसाध्य थिएन। मुलुकमा थुप्रै परिवर्तन भए पनि डोमबस्तीमा त्यसको कत्ति प्रभाव परेको छैन। आफ्नो पौराणिक रीतिरिवाजलाई निरन्तरता दिँदै बालविवाह गर्ने चलन डोम समुदायले छाड्न सकेको छैन।
सके गर्भमै, नभए ५ वर्षको उमेरभित्रै बिहे गरिसक्ने परम्पराअनुसार झगरु डोमले ११ वर्षीया छोरी वीणाको बिहे १२ वर्षीय रोशनसँग परम्परागत शैलीमा धुमधामका साथ गराए।
समाजमा अभिशाप मानिने बालविवाहलाई डोम समुदायले भने अनिवार्य ठान्ने गरेको छ। यो समुदायमा सामान्यतः आमाको दूध छाडेको बच्चा बिवाहयोग्य मानिन्छ र बिहेका लागि वरवधु खोज्ने काम सुरु हुन्छ। पाँच वर्ष नाघेपछि छोराछोरीको बिहे हुन नसक्ने उनीहरूको विश्वास छ।
जन्मेको तीन वर्षपछि बाबु गुमाएका रोशनको बिहे गर्नुको प्रमुख कारण जवान भएपछि आफ्नो जातकी केटी नपाउने डर हो। 'ठूलो भइसकेको छ, अब पनि बिहे नगरे आफ्नो जातकी केटी पाइँदैन,' रोशनका दाजु श्रवणले भने।
केटी पक्षले एक थान साइकल, चार आना सुनको गहना, २ हजार ५ सय नगद दाइजोस्वरूप दुलाहा पक्षलाई दिएका छन्। गाउँमा दुलाहा घुम्ने रथको ४ हजार, साउन्ड सिस्टमको २ हजार र रात्रिनृत्यबापत २५ हजार रुपैयाँसमेत दुलही पक्षले खर्च गरेको छ। दुलहीका बाबु झगरुले दाइजो, भोजभतेर, नाचगान, बस–जिप भाडा र सजावट गरी तीन लाख खर्च भएको बताए।
'बालविवाह जीवन तवाह', 'बिहेबारी २० वर्षपारि' जस्ता नारा डोम समुदायमा नपुगेको होइन तर सामाजिक–धार्मिक परम्पराप्रतिको विश्वास र आर्थिक–शैक्षिक ज्ञान अभावले उनीहरूले बालविवाहलाई निरन्तरता दिइरहेका छन्।
जन्ती आएका मनरा–१ का रामसोगारथ मल्लिकले आफ्नो जातिमा बालविवाह कायमै रहेको स्विकार्दै न्यूनीकरणका लागि व्यापक चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
मुलुकी ऐन ११ औं संशोधनले केटाको उमेर २२ र केटीको उमेर १८ वर्ष कटेपछि मात्र बिहे हुनसक्ने व्यवस्था गरेको छ। उक्त ऐनले अभिभावकको मन्जुरीमा केटाको उमेर १८ र केटीको १६ वर्षमा पनि बिहे हुनसक्ने प्रावधान तोकेको छ।
गरिब र अशिक्षित डोमहरूलाई कानुनको यस्तो व्यवस्थाबारे ज्ञान छैन। 'हामी कानुन जान्दैनौं,' दुलहीका बाजे महेन्द्र डोम भन्छन्, 'यो हाम्रो चलन हो। सानै उमेरमा बिहे नगरे हाम्रा छोराछोरीले जोडा नै पाउँदैनन्।'
दुलहीका पिता झगरुका अनुसार डोम समुदायमा बिहे भई श्रीमान्को घर भित्रिनासाथ दुलही माइत फर्किन्छिन्। दुलाहा जवान भएर भरणपोषण गर्नसक्ने भएपछि दुलहीलाई घर पठाउने चलन छ। मुलुकभर १० हजार डोम समुदायको जनसंख्या रहेकोमा महोत्तरीमा २ हजार हाराहारीमा डोम समुदायको बसोबास छ।
- See more at: http://nagariknews.com/feature-article/story/10606#sthash.fBcknflg.dpuf

प्रहरीका अनुसार २२ वर्षीय एलीट बारबरमाथि ४२ वर्षीय ट्राय ला फेरेराको हत्याको आरोप लागेको छ । गत ११ नोभेम्बरमा भएको हत्याको आरोप एलीटीकी १८ वर्षीया पत्नी मिरान्डालाई लागेको छ । उनीहरु दुबै बर्न-किलर भएको प्रहरीको आशंका छ ।
एलीट बारबर र मिरान्डा नर्थकेरोलिनामा विवाह गरेर पेलसेल्भिनिया आएका थिए । प्रहरीका अनुसार एलीटले एक अपरिचत व्यक्तिको हत्या गर्न विचित्रको योजना बनाएको स्वीकार गरेका छन् । उनका अनुसार उनको र पत्नी मिरिन्डाको ठूलो इच्छा थियो कि दुबै जना मिलेर कुनै अपरिचित व्यक्ति हत्या गर्ने ।
विवाह गरेको तीन सातापछि एलीट र मिरान्डाले ११ नोभेम्बरमा फेरेरालाई एक पार्किङमा सेक्सको बहानामा बोलाए । फेरेरा आएपछि पति पत्नीले मिलेर हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीलाई दिएको बयानमा एलीटले भनेका छन्-’म आफ्नो पत्नीको रातो रंगको होन्डा सीआरवीको पछाडिको सिटमा कम्बल ओढेर बसेको थिए । जब फेरेरा पूर्वसहमति अनुसार मेरो पत्नीलाई भेट्न आए ।
उनले मलाई इशारा गरिन् । लगतै मैले उनको गर्धनमा मुड्कीले हानेँ । मैले उनको घाँटीमा केबल तार बेर्न थालेँ, त्यसपछि मिरान्डाले फेरेराको शरीरमा चक्कु हानिन् ।’ प्रहरीका अनुसार फेरेराको शरिरमा २२ पटक चक्कु प्रहार भएको थियो ।
English News
SANBURY, PA - A couple married for just three weeks lured a man to his death with a Craigslist ad because they wanted to kill someone together, police said.
Elytte Barbour told officers before his arrest Friday night that he and his wife, Miranda, had planned to kill before, but their plans never worked out until last month when Troy LaFerrara responded to an online posting that promised companionship in return for money, authorities said.
Elytte Barbour, 22, and Miranda Barbour, 18, face criminal homicide charges in LaFerrara's death. His body was found Nov. 12 in an alley in Sunbury, a small city about 100 miles northwest of Philadelphia. The couple had recently moved to nearby Selinsgrove from North Carolina.
According to Sunbury police, Elytte Barbour told investigators he hid in the backseat of the couple's SUV as his wife picked up LaFerrara at a mall Nov. 11. He told police that, on his wife's signal, he wrapped a cord around LaFerrara's neck, restraining him while Miranda Barbour stabbed him.
The 42-year-old Port Trevorton man was stabbed 20 times, police said.
Miranda Barbour was charged Wednesday. She initially denied knowing LaFerrara, but her story evolved as investigators gathered evidence, including the discovery that the last call received by the victim's cellphone was made from her number, according to a police affidavit.
The affidavit said Miranda Barbour acknowledged meeting the victim in Selinsgrove and driving with him to Sunbury, where they parked. She said LaFerrara groped her and she took a knife from between the front seats and stabbed him after he put his hand around her throat, according to the affidavit.
Police said Miranda Barbour had told them she purchased cleaning supplies at a department store after stabbing LaFerrara, then picked up her husband and took him to a strip club for his birthday. On Friday, police said, Elytte Barbour told them he was the one who had purchased the cleaning products, an account investigators said was backed up by surveillance footage.
Following his wife's arrest, Elytte Barbour told The Daily Item of Sunbury that Miranda Barbour, whom he married Oct. 22, regularly hired herself out as a "companion" to men she met on various websites, a business venture he said he supported because it didn't involve sexual contact.
Barbour said his wife made anywhere from $50 to $850 by meeting with men for such activities as having dinner together or walking around a mall. The ads she placed on websites including Craigslist all said upfront that sex was not part of the deal, he said.
"She is not a prostitute," he said. "What she does is meet men who have broken marriages or have no one in their lives, and she meets with them and has delightful conversation."
Elytte Barbour didn't have an attorney at his arraignment Friday night. A phone message left for his wife's public defender early Saturday was not immediately returned.
Sunbury police Chief Steve Mazzeo told The Daily Item that investigators will also be looking into the death of a man with whom Miranda Barbour had a 1-year-old child. He would not elaborate.
Sunday, December 1, 2013


Leaders of different underground armed groups were arrested after the District Police Office, Banke, mobilized special taskforce with an aim to disintegrate their networks.
The special security squad of Nepalgunj police arrested Jung Bahadur Wali (Sagar), Bardiya district in-charge of underground armed group "United Janatantrik Mukti Morcha", with weapons from Lalpur, Banke.
The police team led by inspector Prakash Malla arrested Wali for his alleged involvement in various criminal activities including lootings, kidnappings and extortion
The police also succeeded to arrest Zakir Hussein Jolaha a.k.a. and Suraj Singh, members of the same organization and within 24 hours Wali was arrested. The police team which had obtained information from Hussein in the custody about whereabouts of Wali was able to arrest him with a pistol.
Jolaha who was also engaged in criminal activities including arms smuggling and trade since one and half years was living in India after other members of his groups were arrested.
The police had earlier arrested five members of the group.
"The task force has been vigilant since three weeks to disintegrate networks of armed groups", said DSP Dinesh Amatya adding, "We are committed in wiping out these groups so that the people could live in a secure environment"
The police claimed that with the arrest of two of the district in charges, the group’s activities are completely contained.
The police confiscated eight pistols, mobile sets and SIM cards from the group which were used in threatening people for money. They also found a list of names of businessmen with the amount of money demanded by them. The list included most of the businessmen’s name of Nepalgunj.


