Tuesday, December 10, 2013

बैंकको गाडी नियन्त्रणमा लिई २ करोड ३० लाख रुपैयाँ लुटियो; ट्राफिक प्रहरीको भेषमा गाडी रोकेर लुटियो रकम

कैलाली र कञ्चनपुरको सिमा क्षेत्रबाट नविल बैंक महेन्द्रनगर शाखाको करिव २ करोड ३० लाख रूपैयाँ हतियारधारी समूहले लुटेको छ।

प्रहरीका अनुसार हतियार सहितको समूहले कैलालीको मालाखेती गाविस चौकीडाँडाबाट रकम लुटिएको हो।

महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जमा गर्न म १ ज १४८ नम्बरको गाडीमा राखेर ल्याउने क्रममा रकम लुटिएको प्रहरीले बताएको छ। गाडीमा बैंकका चार जना कर्मचारी रहेको प्रहरीले बताएको छ।

सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नारायण बस्ताकोटीले गाडी र बैंक कर्मचारी आँखामा पट्टी बाँधिएको अवस्थामा भेटिएका छन्। गाडी र कर्मचारी घटनास्थलबाट पश्चिम कञ्चनपुरको गुलरीया गाविसको कलुवापुर जंगलमा भेटिएको प्रहरीले बताएको छ।

घटनास्थलमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। कैलाली र कञ्चनपुरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरी नायब महानिरिक्षक बस्ताकोटी आफै घटनास्थल पुगेका छन्। उनले आँखामा पट्टी बाँधिएको अवस्थामा फेला परेका बैंक कर्मचारीहरुसँग घटनाका बारेमा जानकारी लिन कार्य भैरहेको बताएका छन्।

नविल बैंकका धनगढी र महेन्द्रनगरका शाखा प्रबन्धक समेत घटनास्थल पुगेका छन्।

Tags: ,

1 Responses to “बैंकको गाडी नियन्त्रणमा लिई २ करोड ३० लाख रुपैयाँ लुटियो; ट्राफिक प्रहरीको भेषमा गाडी रोकेर लुटियो रकम”

Unknown said...
December 10, 2013 at 2:31 AM

Aakhama matri hola pati badhe ko ta gadima hoina hola?


Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks