Recent Articles
Showing posts with label NRN. Show all posts
Showing posts with label NRN. Show all posts

Sunday, December 22, 2013

परदेशीकी पत्नी हुँदा...

Sunday, December 22, 2013 - 0 Comments

अखण्ड भण्डारी @ekantipur
ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो । अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो, 'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

Monday, December 9, 2013

कोरियामा ५७ नेपालीको मृत्यु

Monday, December 9, 2013 - 0 Comments

सोल, मंसिर २५ - दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदनअनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता २ महिला र ५५ पुरुषको मृत्यु भएको हो । कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तर्राष्ट्रिय वकिल पार्क बो कीको अध्यक्षतामा ५ सदस्यीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले आइतबार दूतावास सभाहलमा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कोरियामा नेपालीको साधारण र असाधारण मृत्यु हुने गरेको उल्लेख छ । मृत्युको कारण्ा खुलेकोलाई साधारण तथा आत्महत्या र सुतेकै अवस्थामा मृत्यु भएकालाई असाधारण मृत्युको सूचीमा राखिएको छ ।
प्रस्तुत गरिएको तथ्यांकअनुसार सुतेकै अवस्थामा मृत्यु हुनेहरूको संख्या सबैभन्दा धेरै २३  छ । त्यस्तै ७ वर्षमा १९ जनाले आत्महत्या गरेका छन् । कोरियामा नेपालीको संख्या वृद्धिसँगै मृत्युदर पनि बढेको तथ्यांकमा उल्लेख छ । वर्षका आधारमा २०१३ मा सबैभन्दा धेरै १८ नेपालीको मृत्यु भएको छ । त्यसैगरी २०१२ मा ५ जनाले आत्महत्या गरेका थिए । साधारण मृत्यु ७ वर्षमा ९ जनाको भएको उल्लेख छ ।
प्रतिवेदनमा आत्महत्या गरेकामध्ये ९० प्रतिशत डिप्रेसनको सिकार भएको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा समस्या, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण्ा डिप्रेसन हुने गरेको प्रतिवेदनले औंल्याएको छ ।
अशिक्षति, वृद्ध, निम्न आय भएका कोरियाली पुरुषसँग मात्र नेपाली महिलाहरूको विवाह हुने गरेकाले उनीहरू चरम घरेलु हिंसामा रहेको प्रतिवेदनमा छ । आत्महत्या गर्ने महिलामा सीता दर्जी र गौरीमाया तामाङ छन् । दलालमार्फत कागजी विवाह गरेर आउने नेपाली महिलाहरू भिसा नवीकरण, रोजगारीमा कठिनाइ जस्ता समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रका रोजगारदाताले नियम पालना नगरेका कारण कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको अवस्था कष्टकर रहेको र भाषा एवं नियम कानुनको अज्ञानताले विद्यार्थी तथा व्यवसायीहरू सम्बन्धित निकायबाट सुविधा लिनबाट वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ ।
रोजगारीमा भाषाको भूमिका महत्त्वपूर्ण रहेकाले परीक्षा उत्तीर्ण गर्ने हिसाबले मात्र नभएर व्यावहारिक रूपले कोरियन भाषा सिक्नुपर्ने, भाषा परीक्षाबाट आवश्यक संख्या मात्र उत्तीर्ण गराउनुपर्ने र रोस्टरमा दर्ता भएकालाई पर्याप्त प्रविधिक ज्ञान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । यस्तै कोरियामा सिकेको सीप नेपालमा सदुपयोग गर्ने वातावरण बनाउनुपर्ने सुझावसमेत प्रतिवेदनको छ ।
कोरियामा नेपालीहरूको मृत्युको कारण पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरिएको र छिट्टै परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका साथै कोरियन सरकारलाई समेत बुझाउने राजदूत लामाले जानकारी दिए ।

Saturday, December 7, 2013

मलेसियामा नेपाली कामदारले पाए क्षतिपूर्ति

Saturday, December 7, 2013 - 0 Comments

क्वालालम्पुर, मंसिर २३ - विभिन्न आरोपमा नेपाली कामदारलाई जबर्जस्ती नेपाल फर्काउन खाज्ने यहाँको एक कम्पनीले साढे ४ लाख रुपैयाँ क्षतिपूर्ति रकम तिरेको छ । जोहोरस्थित जेसिवाई कम्पनीले गत जनवरी १४ मा जबर्जस्ती घर फर्काउन विमानस्थल पुर्‍याएपछि त्यहाँबाट फर्किएर एक सामाजिक संस्थाको सहयोगमा न्याय खोज्दै अदालत पुगेका बाँके महादेवपुरी- ७ का शेरबहादुर विष्टलाई कम्पनीपक्षले गल्तीस्वरूप १५ हजार रिंगिट (४ लाख ५० हजार रुपैयाँ) रकम क्षतिपूर्ति तिरेको हो ।
६ वर्षदेखि कार्यरत विष्टलाई कम्पनीले घर फर्काउन विमानस्थल पुर्‍याए पनि जबर्जस्ती फर्काउन लागेको भन्दै उनी प्रगतिशील श्रमिक मञ्चमार्फत तानागानिता नामक संस्थामा पुगेका थिए । उक्त संस्थाको सहयोगमा औद्योगिक अदालत (इन्ड्रस्टियल कोर्ट) पुगेका उनले करिब १० महिनादेखिको उक्त मुद्दामा बुधबार न्याय पाएका हुन् ।
'१० महिनाअघि देखिको यो मुद्दामा कम्पनीले मलाई १५ हजार रिंगिट क्षतिपूर्तिस्वरूप तिरेको छ । मैले न्याय पाएको छु । खुसी लागेको छ,' उनले बिहीबार पत्रकार सम्मेलनमा भने, 'नेपालीबीच एकता हुनुपर्छ र आफ्ना अधिकारका लागि लड्न डराउनु हुंँदैन । तर यसका लागि विभिन्न संघसंस्थाबीच समन्वय हुनु पनि उत्तिकै आवश्यक छ ।' यसअघि पनि उक्त कम्पनीले विभिन्न आरोपमा कतिपय नेपाली कामदारलाई जबर्जस्ती फर्काउने गरेको उनले बताए ।
यो घटनाबाट कम्पनीमा रहेका अन्य नेपालीलाई समेत सहयोग पुगेको मञ्चका महासचिव प्रेम पाण्डेले बताए । विष्ट १० महिनापछि न्याय पाएका विष्ट केही दिनमै नेपाल र्फकंदै छन् ।

Sunday, December 1, 2013

7,000 stranded as govt fails to issue permits

Sunday, December 1, 2013 - 0 Comments

KATHMANDU, DEC 02 -

Thousands of migrant workers have been left stranded in the Capital for weeks, while many others were forced to forfeit their visa and air tickets after the government body concerned failed to issue them work approvals in time. The government has been blaming a dearth of human resource for the situation.

The Department of Foreign Employment (DoFE) has been returning hundreds of migrant workers empty-handed everyday, citing inability to handle the “huge workload” with the limited human resources at its disposal.

Migrant workers and recruiting agencies say the department is now taking several weeks to issue a work approval, while it used to take a couple of days in the past. Around 2,000 people visit the DoFE every day, seeking administrative service related with overseas jobs.

The Nepal Association of Foreign Employment Agencies (NAFEA) said various factors, including the “inadequate and incompetent staffers” at the department, change in the leadership of the department, deployment of senior officials in election duty and rise in the number of aspiring workers have aggravated the situation. “At least 7,000 people are currently in the waiting list for the work approval. Thousands of files have piled up in the pre-work approval and final work approval divisions of the department,” said NAFEA Secretary Kamal Tamang.

Migrant workers going abroad with their individual efforts have been mostly affected. While migrants coming from outside the Kathmandu valley are compelled to spend their money on food and accommodation in the Capital, some were more unfortunate as they had to part with the free air tickets given by their prospective employers. “I returned from the office twice, despite queuing up the whole day long. Let’s see what happens today,” said Romanchak Gyawali from Makwanpur, who was expecting his work approval on Sunday. He said he had to borrow money from friends in Kathmandu after he ran out of it due to the ‘unexpectedly’ long stay. Many aspirants coming from far off places in the country find it hard even to return home.

Tamang said several workers and recruiting agencies are facing problems more serious than Gyawali’s.

“A total of 150 workers missed their flight on Friday after the department, the labour desk and the airport immigration delayed their work. Several recruiting companies have complained of visa expiry, while many workers are returning empty handed from the DoFE every day,” said Tamang. A handful of enraged youths even ransacked the DoFE building, demanding prompt services last Thursday.

The workers, according to recruiting agencies, will have to spend an additional Rs 100,000 for visa and air tickets to go to the Gulf and Malaysia. DoFE officials said they are doing their best to bring the ‘crisis’ under control. They said a number of reasons, mainly the deployment of several of its officials for election duty, are behind the crisis.

DoFE spokesperson Divash Acharya said the rise in the number of aspiring overseas workers in the aftermath of the November 19 election and the Dashain and Tihar festivals is only ‘natural.’

“We have started giving four hours of extra service every day to meet the demand, while the office will remain open even on Saturdays. We are working hard to ensure that nobody returns home empty handed,” said Acharya. Some say that the department has not been able to work properly after the Commission for Investigation of Abuse of Authority (CIAA) arrested around two dozens of its officials under corruption charges. The Ministry of Labour and Employment

has, however, deputed around three dozen new staffers to fill the vacuum created by the arrests.

Wednesday, November 27, 2013

ओबामाद्वारा नेपालीलाई अवार्ड - Nepali Awarded By Mr. Obama

Wednesday, November 27, 2013 - 0 Comments


Bala Ghimire's Overview

Current

Past
  • Self employed at Hotel
Connections
500+ connections
Websites

Bala Ghimire's Summary

Council Member at Myer council’ Asian Advisory Council Since 2008.
Council Member at Secretary of State on Illinois ’ Asian Advisory Council
Active social worker at Nepalese community.
Adviser on CNFS Nepali Association Chicago.

Bala Ghimire's Experience


Owner / Genaral Manager

chicago curry house a Indian and Nepalese restaurant (Self-employed)

Self-Employed; 1-10 employees; Food & Beverages industry
December 2008 – Present (5 years)
Fine Dining Indian and Nepalese restaurant

Self-Employed; 1-10 employees; Food & Beverages industry
2005 – Present (8 years)

Self-Employed; 1-10 employees; Food & Beverages industry
November 2004 – Present (9 years 1 month) Greater Chicago Area
Specialties
Fine dining Indian and Nepali Restaurant , Dine in, privet party, office dinner, Catering, delivery, Open 7days at 11.00 am to 10.00 pm.
Says
Delicious and authentic, The Indian and Nepalese Cuisine goes beyond excellent curries to include some Nepalese dishes such as MO MO, Say North shore people who have sampled this wonderful neighborhood spots low priced menu with an extra spin , the polite staff goes out of its way to please in the pleasant simple space and the lunch buffet is a fantastic value.

Self-Employed; 1-10 employees; Food & Beverages industry
1988 – Present (25 years) Greater Chicago Area
I presently operating a business such as guest service, accounting, and marketing etc

Self employed

Hotel

1997 – 2004 (7 years)
Guest service

Bala Ghimire's Skills & Expertise

  1. Outstanding Customer Service
  2.  
  3. Customer Service
  4.  
  5. Catering
  6.  
  7. Menu Development
  8. Fine Dining
  9.  
  10. Restaurants
  11.  
  12. Food & Beverage
  13.  
  14. Marketing
  15.  
  16. Negotiation
  17. Parties
  18.  
  19. Cuisine
  20.  
  21. Food
  22.  
  23. Hotels
  24.  
  25. Hospitality Management
  26. Marketing Strategy
  27.  
  28. Hospitality
  29.  
  30. Event Management
  31.  
  32. Hospitality Industry

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks