Wednesday, December 11, 2013
केन्द्रीय कारागारबाट बन्दी बेपत्ता; सञ्चारकर्मीलाई दुर्व्यवहार;
Wednesday, December 11, 2013 by Unknown

आज बिहान साढे सात बजेसम्म सिंह लुगा धुँदै गरेको देखिएको तर दिउँसो १ बजे गणना गर्दा बल्ल उनी कारागारमा नभएको थाहा भएको थियो।
सुरक्षाकर्मीहरुले उनी शौचालयको ढल प्रयोग गरी भागेको शंका गरेको छ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले 'बन्दी बेपत्ता भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको' बताए।
केन्द्रीय कारागारको सुरक्षा जिम्मा महानगरीय प्रहरी आयुक्तको कार्यालयमा हुन्छ। घिमिरेसहित आयुक्त कार्यालयका निमित्त प्रमुख डिआइजी विश्वराज सिंह शाही र काठमाडौँ प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले कारागार निरीक्षण गरेका छन्।
सर्लाही रघुवा ५ घर भएका सिंहलाई गएको असार ३ गते लागू औषधिसहित लागू औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले साउन १४ गते उनलाई पाँच वर्षको जेल सजाय तोकेको थियो।
सञ्चारकर्मीलाई दुर्व्यवहार
घटनाको रिपोर्टिङका लागि गएका सगरमाथा टिभी संवाददाता बाबुराम तिमिल्सिनाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको बताएका छन्। कारागारको सुरक्षामा खटिएका हवल्दार पदमबहादुर माझीले दृश्य किन खिचेको भन्दै कुटपिट गरेको उनले बताए।
कमजोर सुरक्षा व्यवस्था
तीन वर्षअघि पनि केन्द्रीय कारागारमा एक भारतीय बन्दूकधारीले कडा सुरक्षा घेरा पार गर्दै युनुस अन्सारीलाई गोली प्रहार गरेका थिए। २०६७ फागुन २६ को त्यो घटनापछि कारागार सुरक्षामा रहेको पूरै समूह परिवर्तन गरिएको थियो।
केन्द्रीय कारागारमा अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि देशका संगठित समूहका नाइके चक्रे मिलन लगायतका बन्दीहरु राखिएका छन्। Tags: Crime
Subscribe to:
Post Comments (Atom)

0 Responses to “केन्द्रीय कारागारबाट बन्दी बेपत्ता; सञ्चारकर्मीलाई दुर्व्यवहार; ”
Post a Comment