Wednesday, December 11, 2013
अन्तर्घातको आरोपपछि झलनाथले अध्यक्षता छाडे, गौतमले सम्हाले
Wednesday, December 11, 2013 by Unknown

उम्मेद्वारी चयनका बेला आफू उपत्यका इन्चार्ज भएपनि थाहै नदिई सो क्षेत्रमा खनालको नाम एक नम्बरमा राखेर पचार गरिएको र चुनावका बेलासम्म पार्टीका र अध्यक्षका छुट्टाछुट्टै कार्यकर्ताका रुपमा निर्वाचन परिचालन भएको श्रेष्ठले बताएका थिए । आफूमाथि अन्र्तघातको आरोप लागेपछि अध्यक्ष खनालले बुधबारको बैठकमा केन्द्रीय सदस्इ कृष्ण गोपाललाई कारबाही नगरेसम्म आफूले बैठकको अध्यक्षता नगर्ने अडान राखेका थिए ।
अध्यक्ष खनालले श्रेष्ठमाथि कारबाहीको प्रस्ताव अघि ल्याएपछि बैठकमा भनाभन भएको थियो । ‘म माथि गम्भिर आरोप लगाइएको छ, कि यो आरोप पुष्टि गर्नुपर्र्यो नभए आरोप लगाउनेमाथि कारबाही नगरेसम्म म बैठकको अध्यक्षता गर्दिनँ,’ बैठकमा अध्यक्ष खनाललाई उद्धृत गर्दै स्रोतले भनेको नयाँ पत्रिकामा खबर छ ।
खनालको यस्तो भनाई आएपछि आफू सजाय भोग्न तयार भएको भन्द्र श्रेष्ठले आफूमाथि षडयन्त्र र अन्तर्घातमा अध्यक्षको नाम पनि जोडिएको जिकीर गरे । ‘म पछि हट्दिन, ममाथि कारबाही हुन्छ भने होस्, तर म सत्य कुरा बोल्छु, अन्तर्घात र षडयन्त्र पनि गर्ने र अहिले यसबाट उम्कन खोज्ने ?’ श्रेष्ठको भनाई उदृत गर्दै बैठक स्रोतले भन्यो ।
विवादका कारण अध्यक्षले बैठकको अध्यक्षता नलिने अडान लिएपछि उपाध्यक्ष बामदेव गौतमले श्रेष्ठबारेको विवादमा बैठकको अध्यक्षता गरेका थिए । गौतमको अध्यक्षतामा भएको बैठकमा खनालमाथि लागेको आरोप अस्वीकार गर्दै पार्टीभित्रको अन्तर्घातका विषयमा तल्ला कमिटीबाटै प्रतिवेदन मागेर छानविन गर्ने सहमति भएको थियो । सोही सहमति अनुरुप एमालेले निर्वाचन परिचालन र परिणामसम्बन्धी प्रतिवेदन गर्न अञ्चल र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । Tags: Politics
Subscribe to:
Post Comments (Atom)

0 Responses to “अन्तर्घातको आरोपपछि झलनाथले अध्यक्षता छाडे, गौतमले सम्हाले”
Post a Comment