Wednesday, December 11, 2013
लामखुट्टे धपाउनका लागि बालिएको धुपवाट आगलागी, ३ घर जले; ५ घरमा आगालागी
Wednesday, December 11, 2013 by Unknown

रामकृत राउतको घरबाट सल्केको आगोले किशोररी ठाकुर , इनरजित राउतको घर पूर्ण रुपमा जलेर खरानी भएको सो गाविसका प्राविधीक सहायक सिकेन्द्र प्रसाद पटेलले बताएका छन। आगोलागीमा लैना भैसि , ४ वटा बाख्रा, लताकपडा खाद्यान्न पूर्ण रुपमा जलेर खरानी भएको छ।
यसै गरी रौतहटको गैडाटार ३ का धन बहादुर लामाको घरमा आगलागी हुँदा दुइ लाख मुल्यबराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
त्यसैगरी महम्दपुर गाउँ विकास समिति वडा नम्बर २ का जयराम यादवले दुइ बिगहा जग्गामा लगाइएको धान दाइ गर्न राखेको धानको भारिमा अचानक आगलागि हुदा २ लाख पचास हजार मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
यसै गरी माधोपुर गाविस स्थीत बजारमा संचालित रामविश्वास चौधरी कल्वारको किराना पसलमा गए राति ९ बजेको समयमा भएको आगलागिवाट पचासहजार मुल्य बरावरको क्षति भएको प्रहरी चौकि माधोपुरले जनाएको छ। राति विजुलि सर्ट भएर किराना पसलमा आगलागि हुदा स्थानिय वासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएको जनाएको छ। Tags: Others
Subscribe to:
Post Comments (Atom)

0 Responses to “लामखुट्टे धपाउनका लागि बालिएको धुपवाट आगलागी, ३ घर जले; ५ घरमा आगालागी”
Post a Comment