Sunday, December 22, 2013
पेस्तोल देखाएर बैंकको १० लाख लुटियो
Sunday, December 22, 2013 by Unknown
हेटौडा, पुस ७ - हेटौंडामा मुख्य शाखा रहेको अल्पाइन डेभलपमेन्ट वैंकको १० लाख रुपैयाँ लुटिएको छ ।
हेटौंडाको मुख्य शाखाबाट छतिवन गाविसस्थित उपशाखामा लैजादै गर्दा बाटोबाट रकम लुटिएको हो ।
छतिवन शाखाका प्रबन्धक विष्णु अधिकारी र गार्ड रामबहादुर माझी रकमसहित मोटरसाईकलमा छतिवन जाँदै थिए ।
हर्नामाडी गाविसको फुर्केचौरनजिकैको जंगलमा मोटरसाईकलमा आएका दुई जनाले पेस्तोल देखाएर रकम लुटेको कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बा १३ प १७३५ नम्बरको पल्सर मोटरसाईकलमा आएका लुटेरा रकम लिएर मोटरसाईकल छाडेर भागेका छन् । घटना साढे ११ बजे भएको हो ।
प्रहरीले प्रबन्धक अधिकारी र गार्ड माझीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
मंसिर अन्तिम साता पनि नेपालगञ्जस्थित नविल बैंकको दुई करोड ३० लाख रुपैयाँ धनगढी ल्याउने क्रममा लुटिएको थियो ।
Subscribe to:
Post Comments (Atom)

0 Responses to “पेस्तोल देखाएर बैंकको १० लाख लुटियो”
Post a Comment