Tuesday, December 17, 2013

३ किलो चरेससहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज, पुस २ - प्रहरीले मंगलवार बिहान अबैद्य लागूऔषध चरेस सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध बिरुद्ध 'अप्रेसन क्लिजिङ' संचालन गरिरहेको प्रहरीले नेपाल भारत आवतजावत गर्ने जमुनहा नाकाबाट चरेससहित भारत हरियाणा प्रदेश, रोहतक जिल्ला, रुड्की ग्राम वस्ने ४५ वर्षीय रोहताश सिंहलाई पक्राउ गरेको हो ।
शरीरमा लुकाई भारततर्फ लैजाँदै गरेको ३ किलो १ ग्राम चरेस सहित इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले सिंहलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले बताए ।
अघिल्लो दिनमात्र अञ्चल प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले कोहलपुर ८ पिपरीबाट ८ किलो ५ सय ग्राम चरेससहित सल्यान सुइकोट -३ का ५४ वर्षीय कुलबहादुर रावत र सुइकोट -९ का ३४ बषर्ीय ओमप्रकाश शर्मालाई पक्राउ गरेको थियो ।

Tags:

0 Responses to “३ किलो चरेससहित भारतीय नागरिक पक्राउ”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks