Thursday, November 28, 2013

‘बीग बोस’मा कसले कती लिन्छन ?

भारतकै चर्चित रियालिटी शो ‘बीग बोस’ यतिबेला चर्चामा छ । विभिन्न किसिमका हर्कत गरेरै भएपनि बीग बोसलाई चर्चामा ल्याइएको छ । यो घरमा ३ महिना बसेर अन्य सहभागीसँग सम्बन्ध जोडिराख्न निक्कै गाह्रो छ । यो शोका कारण केही अनुहारहरुको व्यक्तिगत जीवनका रहस्य पनि खुलेका छन् । आखिर करिअरलाई नै जोखिममा राखेर प्रतिस्पर्धीहरु यसै आएका छैनन् । उनीहरुलाई मोटो रकम दिएर यो घरमा ल्याइएको हुन्छ । ‘बीग बोस’मा सहभागी प्रतिस्पर्धी मध्ये सबैभन्दा महंगी छिन् नायिका काजोलकी बहिनी तनिषा मुखर्जी । उनलाई प्रत्येक हप्ता साढे ७ लाख आयोजकले दिने गर्दछ ।

यस्तै चर्चित प्रतिस्पर्धी गौहर खान हप्ताको ६ लाख वुझ्ेन गर्छिन् । तनिषा पछिकी महंगी प्रतियोगी गौहर हुन् । यस्तै बीग बोसमा धेरैजसो समय रिसाउने अरमान कोहलीलाई प्रत्येक हप्ता ५ लाख मिल्ने गर्दछ । उनी ‘बीग बोस’मा एक रुचाइएका पात्र हुन् ।
अरमानकै हारहारीको पारिश्रमिक पाउने अर्का प्रतिस्पर्धी हुन्, कुशाल टंडन । उनलाई प्रत्येक हप्ता ५ लाख मिल्ने गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । यस्तै अर्का चर्चित सहभागी संग्रामलाई प्रत्येक हप्ताको ३ लाख ५० हजार रुपैयाँमा अनुबन्धित गरिएको हो । ‘बीग बोस’मा सहभागी हुनको लागि हालै मात्र घर बाहिर भएकी एलीलाई १ लाख रुपैयामा अनुबन्धित गरिएको थियो । यो शोलाई बलिउडका चर्चित नायक सलमान खानले चलाउँदै आएका छन् ।

Tags:

0 Responses to “‘बीग बोस’मा कसले कती लिन्छन ? ”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks