Thursday, November 28, 2013
नेपाली क्रिकेट टोलीलाई ब्रायन लाराको बधाई
Thursday, November 28, 2013 by Unknown
काठमाडौ, मंसिर १३ – वेष्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट भएको केही समयपछि लाराले एकजना नेपाली क्रिकेट समर्थकसँगको ट्वीटर संवादमा नेपाली टोलीलाई बधाई दिनुभएको हो ।
बधाईसँगै उहाँले नेपालले प्रतियोगितामा देखाएको खेलको पनि प्रसंशा गर्नुभएको छ ।
"@bidis02: @BrianLara Hey... Nepal Cricket team have now qualified for the T20 World Cup 2014. Well done to the Nepal team. See u at the WC
— Brian Lara (@BrianLara) November 27, 2013
उहाँले आइसिसी डिभिजन ३ मा भन्दा अहिले नेपालको खेल सुध्रिएको बताउनुभएको र आफुले नेपाली खेलाडीको आत्मविश्वास निकै बढेको पाएको ट्वीटमा उल्लेख गर्नुभएको छ ।
नेपाल आउन इच्छुक रहेको बताएका लाराले चुनावका कारण नेपाल आउन केही समस्या भएपनि अब छिट्टै नेपाल आउने उल्लेख गर्नुभएको छ । Tags: Sports
Subscribe to:
Post Comments (Atom)

0 Responses to “नेपाली क्रिकेट टोलीलाई ब्रायन लाराको बधाई”
Post a Comment