Thursday, December 19, 2013
‘बीग बोसको घर भित्र सेक्स सम्बन्ध राखिन्छ’
Thursday, December 19, 2013 by Unknown
भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुँदै आएको ‘बीग बोस सिजन ७’ को बिषयलाई लिएर थुप्रै खालका आलोचना भइरहेका छन् । हालै मात्र प्रतियोगी सोफिया हायतलाई पिटेको आरोपमा अर्का प्रतिस्पर्धी अरमान कोहली प्रहरीको थानमा पुगिसकेका छन् । यसैबिच ‘बीग बोस’का पूर्व प्रतिस्पर्धी कमल आर खानले कुशल र गौहर, तनिषा र अरमान बिच सेक्स सम्बन्ध हुने गरेको गम्भिर आरोप लगाएका छन् । ‘बीग बोसको घर भित्र यो जोडी शारीरिक सम्बन्ध राखिरहेको छ, यो सबैका लागि दुर्भाग्य हो । नेशनल टेलिभिजनमा यस्तो सम्बन्ध राखेर यिनीहरुले बेइज्जत गरिरहेका छन्’, कमलले ट्विटरमा ट्विट गर्दै भनेका छन् ।हालै मात्र प्रशारित एक कार्यक्रममा गौहर र कुशल बाथरुम भित्र लामो समयसम्म बसेको देखाइएको थियो । टेलिभिजनमा बाथरुम भित्रबाट विभिन्न खालका आवाज आएका थिए । यस्तै केही दिन अघि प्रशारित कार्यक्रममा तनिषा र अरमान बाथरुम भित्र लामै समय बसेका थिए ।
कमलले तनिषाले देवगन परिवारको नै इज्जत फालेको बताएका छन् । यता गौहर खानका कारण आफूलाई अब खान भन्न पनि लाज लाग्न थालेको कमलको तर्क छ । कमलको यो आरोपलाई घर बाहिर आएपछि यि प्रतिस्पर्धीहरुले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी नै छ । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)


0 Responses to “‘बीग बोसको घर भित्र सेक्स सम्बन्ध राखिन्छ’”
Post a Comment