Sunday, December 8, 2013
नयाँ बर्ष मनाउन रणवीर र कट्रिना न्यूयोर्कमा जाने
Sunday, December 8, 2013 by Unknown
रणवीर कपुर र कटि्रना कैफ नयाँ बर्ष मनाउन अमेरिकाको न्यूयोर्क जान लागेका छन् ।करिनाले कट्रिनालाई बुहारीको मान्यता दिएसँगै उनीहरुको सम्बन्धले परिवारमा पनि औपचारिकता पाइसकेको छ । क्रिसमस लगत्तै रणवीर र कट्रिना बेग्लाबेग्लै न्यूयोर्क जान लागेको भएपनि उनीहरुको मिसन नयाँ बर्षसागै छुट्टीमा मस्ती गर्नु रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुसँगै निर्देशक करण जोहोर र मनिस मलहोत्रा पनि न्यूयोर्क जान लागेको बताइएको छ ।
पछिल्लो समय रणवीर र कट्रिनाले आफ्नो लुकीछिपी सम्बन्धलाई औपचारिकता दिन कोसिस गरिरहेका छन् । केही कार्यक्रममा उनीहरु श्रीमान-श्रीमतीझैं सागै पुगेका भेटिन्छन भने कहिले छुट्टी मनाएर फर्किंदा एयरपोर्टमा सागै देखिन्छन् ।
केही महिनापहिले उनीहरु समुद्री किनारमा छुट्टी मनाउादै गरेको तस्वीर सार्वजनिक भएका थिए । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)


0 Responses to “नयाँ बर्ष मनाउन रणवीर र कट्रिना न्यूयोर्कमा जाने”
Post a Comment