Sunday, December 8, 2013
किसानको उत्पादनमा नेकपा-माओवादीको रजाईँ
Sunday, December 8, 2013 by Unknown
नेकपा–माओवादीले कृषी उपज बिक्री वितरण गरे वाफत डोटीको बिपिनगर र बोगटान क्षेत्रका किसानहरुबाट रकम असुल गरेका छन्।बिपिनगर र बोगटान क्षेत्र कृषी उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ। यो समय त्यस क्षेत्रबाट उत्पादन हुने अदुवा, हलेदो, भट्मास, मास लगायत सुन्तलाका साथै अन्य फलफूल बिक्री वितरण गर्ने समय हो।
किसानहरुले आफ्नो उत्पादन गर्ने बिक्री वितरण गर्ने मौका छोपेर ब्यापारीहरुसँग रकम असुल्न नेकपा–माओवादीले आफ्ना कार्यकर्ता खटाएको छ।
स्थानीय ब्यापारीहरुका अनुसार नेकपा–माओवादीका कार्यकर्ताहरुले अदुवा प्रति ट्रक ६ हजार र हलेदो, सुन्तला, भट्मास, मास ५ हजार अशुल गरिरहेका छन्।
स्थानीय ब्यापारी चन्द्र बुढाले बिक्री गरेर आउने फाईदा भन्दा नेकपा–माओवादीलाई तिर्नु परेको बताए। उनले रकम नदिएसम्म कार्यकर्ताहरुले सामान लैजान समेत रोक लगाएको जानकारी दिए।
नेकपा–मओवादीका कार्यकर्ताहरुले रकम असुल्न थालेपछि धनगढी र नेपालगञ्जका ठूला ब्यापारीहरु यस पटक बिपिनगर र बोगटान क्षेत्रमा पुगेका छैनन्। ठूला ब्यापारीहरु आउन छोडेपछि किसानको उत्पादनले बजार पाउन सकेको छैन।
नेपाली कांग्रेसका नेता प्रदिप देउवाले किसानको उत्पादनमा रकम असुल गरेकै कारण ब्यापारी सामान खरिद गर्न नआएको बताए।
स्थानीय बासिन्दाहरु नेकपा–माओवादीका कार्यकर्ताहरुको क्रियाकलापले आजित बनेका छन्। उनीहरु आफूहरुको मेहनतमाथि कार्यकर्ताहरुले मोज गरेको गुनासो गर्न थालेका छन्।
बर्छैनका स्थानीय बासिन्दा दिर्घ बहादुर बमले जनताको मुक्तिका लासग भन्दै लड्नेहरु किसानको ढाड सेक्न उद्दत रहेको बताए।
बोगटान सुदूरपश्चिमको सबैभन्दा बढी अदुवा र सुन्तला उत्पादन हुने पकेट क्षेत्रका रुपमा चिनिन्छ। यस क्षेत्रमा डोटीका १७ वटा गाविस र कैलालीका ५ वटा पहाडी गाविस पर्दछन्।
डोटीमा मात्रै नभएर नेकपा–माओवादीका कार्यकर्ताहरु कैलालीको शिवनगरमा समेत रकम असुल गरिरहेको ब्यापारीहरुले गुनासो गरेका छन्।
नेकपा–माओवादी डोटीका इन्चार्ज बिबेक कुमालले जिल्ला स्तरबाट किसानहरुको उत्पादनमा रकम असुल्ने कुनै नीति नरहेको बताए। उनले ईलाका स्तरमा कसैले सानोतिनो सहयोग लिएको हुनसक्ने बताए।
-योगेश रावल @Setopati कैलाली, २४ मंसिर
Tags:
Politics
Subscribe to:
Post Comments (Atom)


0 Responses to “किसानको उत्पादनमा नेकपा-माओवादीको रजाईँ”
Post a Comment