Saturday, December 14, 2013

'बनेको छ पहराले यो छाति मेरो' गाउछन अमेरिकि नागरिक (भिडियो सहित)

यसरी नेपाली गीत गाउने अमेरिकी नागरिक हुन्, पिटर म्याकडोन । उनले नेपालमा आफ्नो बाल्यकाल बिताएका थिए । उनका बाबुको कामको शिलशिलामा सन् १९९३ मा नेपाल आएका उनले सोही समयमा नेपाली भाषा सिकेका थिए भने नेपालको संगीतको पनि अध्ययन गरेका थिए । निकै स्पष्टसँग नेपाली भाषा बोल्ने पिटरले आफूलाई नेपाली संस्कार, संगीत र प्राकृतिक सौन्दर्यताले लोभ्याएको बताउने गर्छन् । उनी अमेरिकामा रहँदा पनि अमेरिकामा रहेका नेपालीहरूसँग सकेसम्म घुलमिल हुने र नेपाली भाषालाई सिक्ने तथा बोल्ने प्रयास गर्ने गर्छन् ।
उनले आफुले गाएका नेपाली गीतहरू युट्युबमा अपलोड गरेका छन् । उनले ३० वटा जति नेपाली गीतहरू गाएका छन् र ती सबै युट्युबमा अपलोड गरेका छन् । उनले पछिल्लो पटक केहि दिनअघि 'बनेको छ पहराले यो छाति मेरो' बोलको गीत युट्युबमा अपलोड गरेका छन् ।
सुनौ पिटरले पछिल्लो पटक गाएको गीत...

Tags:

0 Responses to “ 'बनेको छ पहराले यो छाति मेरो' गाउछन अमेरिकि नागरिक (भिडियो सहित)”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks