Wednesday, December 11, 2013
देशब्यापी रुपमा बिरोध भएपछि अध्यक्ष कमल थापा फरार
Wednesday, December 11, 2013 by Unknown
काठमाडौ, २५ मंसिर । पार्टीले पाएको २४ संविधानसभा सदस्यमा नाम सिफारिस गरेको विषयले पार्टी भित्र देशब्यापी रुपमा बिरोध हुँदै आएपछि अध्यक्ष कमल थापा फरार भएका छन् ।सभासद सिफारिस विभेदपूर्ण भएको भन्दै पार्टी कार्यालय घेराउ देखि हिजो उनकै गृहजिल्लाको पार्टी कार्यालयमा आगजनी सहित जिल्ला प्रवेशमा रोक लगाएर आक्रोस पोख्ने काम भए पछि अवस्था अझै जटिल हुने देखेर थापा फरार भएको समाचार छ ।
थापाले केन्द्रीय कार्य समितिलाई छलेर आफूखुसी पैसाको लेनदेनमा पार्टीको साधारण सदस्य समेत नरहेका ब्यापारीहरु राजकुमार अग्रवाल र श्याम टिवडेवाला, केशरबहादुर विष्टका छोरा विराज विष्ट र ललितपुरको एजम्सन चर्च विष्फोट काण्डमा पक्राउ परेकी कुन्ता भट्टराईलाई सभासदमा सिफारिस गरेकोमा पार्टी भित्र तिब्र असन्तुष्टी छ ।
सहमहामन्त्री प्रल्हाद साह, केन्द्रीय सदस्य श्याम तिमल्सेना, मनोज मल्ल, बालकृष्ण न्यौपाने, उषा सिंह, ईन्दु आचार्य र रमेश श्रेष्ठ सहितकाले असन्तुष्टहरुको नेतृत्व गरिरहेका छन । पार्टीमा लागेर र बढी मत ल्याउने जिल्लाका नेताहरुलाई सभासद नबनाई पार्टी सदस्य समेत नभएका र पार्टीका शिर्ष नेताहरुका छोरा बुहारी र पैसा दिनेहरुलाई सभासदमा सिफारिस गरेको आरोप अध्यक्ष थापा माथि छ । असन्तुष्टहरुले थापाले गरेको सिफारिस विरुद्ध हस्तक्षर अभियान सञ्चालन गरेर निर्वाचन आयोगलाई बुझाउने तयारी पनि गरेका छन । यता जिल्ला जिल्लामा थापा विरुद्ध प्रर्दशन समेत जारी रहेका छन ।
त्यस्तै बबिना मोक्तान र कुन्ती शाहीलाई दोहोर्याएको भन्दै पार्टीको महिला भातृ संगठन समेत असन्तुष्ट छ ।
यता पार्टीभित्र बढ्दो चरम आक्रोसलाई थेग्न नसकेर अध्यक्ष थापा आज विहानै फरार भएका छन् । उनी निकट स्रोतका अनुसार थापा आज विहानै भारतको हैदरावाद तर्फ लागेका छन । नेपालका भ्याट्रेन टेनिस खेलाडी यतिवेला राजनीतिको खेल छाडेर हैदरावदमा टेनिस खेल्न गएका हुन । उनी अझै चार दिन त्यहाँ बस्ने छन ।
यता ठिक्क सभासदको नाम परिवर्तन गर्न सकिने दिन सकिएपछि उनले आउने कार्यक्रम बनाएका छन । थापाको यो हर्कतले आश्चर्यजनक रुपमा चौथो शक्ति बनेको राप्रपा नेपालको संगठन र भविष्य संकटमा पर्ने अवस्था उत्पन्न भएको छ । भने यता थापा अचानक भारत हिडेपछि कार्यकर्ताहरुमा झनै आक्रोस बढ्न थालेको रिपोर्टस नेपालले जनाएको छ । Tags: Politics
Subscribe to:
Post Comments (Atom)


0 Responses to “देशब्यापी रुपमा बिरोध भएपछि अध्यक्ष कमल थापा फरार”
Post a Comment