Tuesday, December 10, 2013
एशियाकै टप ३ सेक्सी महिला (फोटोफिचर सहित)
Tuesday, December 10, 2013 by Unknown
बलिउड अभिनेत्री कट्रिना कैफ लगातार चौथो बर्ष पनि एशियाकै सवैभन्दा सेक्सी महिलाको रुपमा दर्ज भएकी छिन् ।
लण्डनबाट प्रकाशित इष्टर्न आई पत्रिकाले प्रकाशन गरेको सन् २०१३ का ५० सेक्सी एशियाली महिलाको सूचीमा कटि्रना लगातार चौथो बर्ष एक नम्बरमा परेकी छिन् । यो बर्ष कट्रिनाको कुनै पनि फिल्म रिलिज भएन । उनी अभिनित धुम-३ रिलिज हुनुभन्दा ठिक एक साताअघि यो सूची सार्वजनिक भएको छ ।

यसपटक धेरै टीभी स्टारले पनि यो सूचीमा स्थान बनाउन सफल भएका छन् । द्रष्टि पहिलोपटक सूचीको तेस्रो स्थानमा परेकी हुन भने सान्या इरानी सूचीको छैटौं स्थानमा छिन् ।

सूचीमा पर्ने अन्य भारतीय सेलिबि्रटीहरुमा सोनम कपुर(५), परिणीति चोपडा(१४), सोफिया चौधरी(२१), महरिन चौधरी(२२), सुनिधि चौहान(२८), अंकिता लोखन्दे(२९), हीना खान(३१) र श्रेया घोसाल(४३) रहेका छन् ।

Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)

0 Responses to “एशियाकै टप ३ सेक्सी महिला (फोटोफिचर सहित)”
Post a Comment