Friday, December 13, 2013
पहिचानका नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ : ओली
Friday, December 13, 2013 by Unknown
२८ मंसिर, काठमाण्डौ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधान र सरकारलगायत विषयमा नेपाली काँग्रेस र एमाले जिम्मेवार बन्दै सहकार्यका सही आधार तय गरेर सबैलाई मिलाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले जनताका अधिकार सुनिश्चित गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने तथा मुलुकलाई आर्थिक समृद्धितर्फ लाने गरी लोकतान्त्रिक मूल्यमान्यताअनुसार संविधान बनाइने बताउनुभयो ।नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले शुक्रवार राजधानीमा आयोजना गरेको नयाँ संविधान लेखनमा पत्रकारको भूमिका र सुरक्षा विषयक कार्यक्रममा नेता ओलीले भन्नुभयो,’नेपाली जनताले निर्वाचनमार्फत काँग्रेस र एमालेलाई प्रमुख भूमिका खेल्ने जम्मेवारी दिएका छन्, त्यसैले दुवै दल सहमति र सहकार्यका साथ हिंँड्नु अनिवार्य छ ।’
“आफ्नो अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तै देश टुक्राउन दिन्नौँ, पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ, सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक मूल्यमान्यताअनुसारको संविधान बनाउनुपर्छ,” नेता ओलीले भन्नुभयो । रासस Tags: Politics
Subscribe to:
Post Comments (Atom)


0 Responses to “पहिचानका नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ : ओली ”
Post a Comment