Thursday, December 12, 2013
सभासद् बन्ने रेग्मीको इच्छा, पार्टीहरु सकारात्मक
Thursday, December 12, 2013 by Unknown

उनले आफ्नो इच्छा कतिपय शीर्ष नेताहरुलाई बताइसकेको र नेताहरु पनि यसबारे सकारात्मक देखिएको रेग्मी निकट स्रोतले जानकारी दियो।
कांग्रेसका एक नेतासँग यसबारे सोध्दा उनले भने, ‘उहाँको इच्छा भएको संकेतहरु आएका छन्, यदि उहाँले भन्नुभयो भने पार्टीहरुले त्यसलाई अस्वीकार गर्ने छैनन्।’
ती नेताले थपे, ‘हामीले चुनावी सरकारको नेतृत्व गर्न हामीले नै अनुरोध गरेका हौं, उनले माने। म सभासद् बनेर आउँछु भन्दा हामीले नमान्न मर्यादित हुँदैन।’
रेग्मी निकट स्रोतका अनुसार मन्त्रिपरिषद्बाट हटेपछि उनका तीन विकल्प थिए– सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा फिर्ता हुने, राजदूत भएर जाने वा संविधानसभा सदस्य बन्ने।
कायम मुकायम प्रधान न्यायाधीश तथा नेपाल बार एसोसिएसनले सार्वजनिक रुपमै रेग्मीले सर्वोच्च फर्कन नमिल्ने अभिव्यक्ति दिएका कारण पनि सर्वोच्च जान उनलाई सहज थिएन। राजदूत हुनेमा रेग्मीले पनि केही चासो देखाएका हुन् र कतिपय नेताहरुले पनि उनको इच्छा भए राजदूत बनाउन सकिने बताएका थिए।
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाका लागि नेपालको ‘शाही’ नेपाली राजदूत भएर पञ्चायतकालमै अमेरिका गएको नजिरले पनि रेग्मी राजदूतमा आकर्षित भएका हुनसक्छन्।
पछिल्ला दिनहरुमा भने रेग्मीले सभासद् हुनेमै चासो देखाउन थालेका छन्। ‘सभासद् भएर संवैधानिक समितिको अध्यक्ष बन्न पाए त्यो आफ्नो पद र मर्यादाअनुरुप हुने उहाँले ठम्याउनुभएको छ,’ रेग्मी निकट स्रोतले बतायो।
संविधानसभामा २६ सभासद्को मनोनयन यही सरकारले गर्छ। ६०१ सदस्यीय संविधानसभाका लागि २४० प्रत्यक्ष निर्वाचित, ३३५ समानुपातिकतर्फबाट र २६ जना मन्त्रिपरिषद्बाट मनोनीत हुने व्यवस्था छ।
२६ जनाको मनोनयन पार्टीहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिट संख्याका आधारमा बाँडफाँट गर्ने प्रचलन छ। अहिले पार्टीहरुबीच यो बाँडफाँट नमिलिसकेको हुनाले मन्त्रिपरिषद्ले तत्कालै मनोनयन गर्ने सम्भावना भने छैन। Tags: Politics
Subscribe to:
Post Comments (Atom)

0 Responses to “सभासद् बन्ने रेग्मीको इच्छा, पार्टीहरु सकारात्मक”
Post a Comment