Thursday, December 12, 2013
गाँजा उत्पादन र बेच्न पाइने पहिलो देश
Thursday, December 12, 2013 by Unknown
२६ मंसिर,एजेन्सी। दक्षिण अमेरिकाको उरुग्वेमा त्यहाँको संसदले गाँजा उत्पादन र बिक्री गर्न पाउने नियम पास गरेको छ ।मंलगवार उरुग्वेको संसदले नागरिकहरुलाई कानुनी रुपमा गाँजाको उत्पादन र बिक्रीको अधिकार दिएको हो।
संसदले जारी गरेको कानुनमा प्रत्येक व्यक्तिले सरकारबाट अनुमति प्राप्त पसलबाट प्रत्येक हप्ता ४० ग्राजा किन्न पाउने नियम छ ।
त्यसै गरि १८ वर्ष पुगेको व्यक्तिले प्रति व्यक्ति ६ वटा गाँजाको बोट रोप्न पाउनेछ। तर सरकारसंग अनुमति भने लिनु पर्नेछ ।
यो निर्णय संगै उरुग्वे गाँजाको उत्पादन र विक्री गर्ने पाउने पहिलो देश बनेको छ।
यस अघि गाँजा विरोधी अभियानमा सफलता प्राप्त नभएपछी सरकारले यस्तो कदम चालेको हो। Tags: International
Subscribe to:
Post Comments (Atom)


0 Responses to “गाँजा उत्पादन र बेच्न पाइने पहिलो देश”
Post a Comment