Thursday, December 12, 2013
अन्तरिक्षमा बिग्रियो कुलिङ सिस्टम, ६ अन्तरिक्ष यात्रीको जीवन खतरामा
Thursday, December 12, 2013 by Unknown
विश्वभरका अन्तरिक्ष यानहरूलाई समेट्ने अन्तराष्ट्रिय स्पेस स्टेशनमा आपतकालिन स्थिति पैदा भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दिएको जानकारी अनुसार उक्त स्पेस स्टेशनमा राखिएको कुलिङ सिस्टममा खराबी आएको छ, जसले गर्दा उक्त कुलिङ सिस्टमलाई बन्द गर्नुपरेको छ ।यसले गर्दा त्यहाँ रहेका ६ जना अन्तरिक्षा यात्रीको जीवन खतरामा परेको बताइएको छ । तर, नासाले भने अहिलेसम्म उनीहरुको अवस्था सामान्य रहेको र उनीहरू सुरक्षित रहेको बताएका छन् । नासाका अनुसार यो समस्यालाई समाधान गर्नका लागि आपतकालिन स्पेस वाकको आवश्यकता पर्न सक्छ अर्थात् अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष यानबाट बाहिर निस्केर स्पेस स्टेशनको कुलिङ सिस्टमलाई बनाउनुपर्ने हुन्छ ।
अन्तरिक्ष स्टेशनमा यो वर्ष भएको यो दोस्रो घटना हो । योभन्दा अगाडि पनि ९ मेमा पनि कुलिङ सिस्टममा समस्या आएको थियो । अहिले उक्त अन्तरिक्ष यानमा दुई अमेरिकी, तीन रूसी र एक जापानी नागरिक रहेका छन् ।
नासाले अहिलेसम्म पनि के कारणले अन्तरिक्षमा उक्त समस्या आएको भन्ने जानकारि दिन सकेको छैन् । अन्तरिक्ष स्टेशनलाई चिसो बनाइराख्न कुलिङ सिस्टमको प्रयोग अनिवार्य हुन्छ । सूर्यबाट आउने तापका कारण स्टेशनमा गर्मी पैदा हुने हुँदा त्यसलाई चिसो बनाउनु आवश्यक हुन्छ । Tags: International
Subscribe to:
Post Comments (Atom)


0 Responses to “अन्तरिक्षमा बिग्रियो कुलिङ सिस्टम, ६ अन्तरिक्ष यात्रीको जीवन खतरामा”
Post a Comment