Saturday, December 21, 2013
धूम ३ ले सबै रेकर्ड तोड्दै !!!
Saturday, December 21, 2013 by Unknown
मुम्बई– अपेक्षा अनुसार 'धुम ३' ले पहिलो दिनमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ। भारतीय समाचार माध्यमहरुले जनाए अनुसार 'धुम ३' ले विदा नुहँदाका दिनमा रिलिज भएर पनि सर्वाधिक कमाउने र विदा सहितको रिलिजमा पहिलो सर्वाधिक कमाई गरी दुई दुई रेकर्ड राखेको हो।विदा बिनाको रिलिजमा सर्वाधिक कमाउने रकेर्ड 'ये जवानी है दिवानी'को नाममा थियो भने पहिलो दिनको सर्वाधिक कमाई 'चेन्नई एक्सप्रेस'को नाम थियो। इदको अवसर पारेर रिलिज भएको 'चेन्नई एक्सप्रेस'ले ३३ करेाड कमाएको थियो भने धुम ३ ले भने हिन्दी,तेलगु र तमिलमा गरी ४० करोड भन्दा बढीको कमाई गरेको श्रोतले उल्लेख गरेका छन्।
धुम ३ले विश्वभरिका सर्वाधिक पर्दामा रिलिज हुने रकेर्ड समेत कायम गरेको थियो। यस अघि ३५०० पर्दामा रिलिज भएर रकेर्ड राखेको 'चेन्नई एकसप्रेस'लाई पछि पार्दै धुम ३ विश्वभरिका ४५०० पर्दामा रिलिज भएको थियो। जसमध्ये देश बाहिर धुम ३ को रिलिज पर्दा ७ सय थियो । फिल्मले अमेरिका,अष्ट्रेलिया,न्युजिल्याण्ड र युकेमा पनि रेकर्ड ब्रेकिंग कमाई गरेको भारतका व्यापार पण्डितको दाबी छ।
समिक्षकहरुबाट मिश्रित प्रतिक्रिया पाएपनि फिल्मले ९५ देखि १०० प्रतिशत सम्मको अकुपेन्सी सहित मल्टिप्लेक्स र सिंगर थिएटरमा धाक जमाएको छ। पहिलो दिनको कमाईको हिसाबले फिल्मले ३ दिन भित्रमै सयकरोड क्लबमा सामेल हुने र फिल्मले तीन सय करोड क्लबमा नाम लेखाउने धेरैले अनुमान गरेका छन्। यशराज फिल्मको ब्यानरमा बनेको फिल्ममा आमिर खान, कटि्रना कैफ, अभिषेक बच्चन र उदय चोपडाको मुख्य भूमिका रहेको छ। Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)


0 Responses to “धूम ३ ले सबै रेकर्ड तोड्दै !!! ”
Post a Comment