Friday, December 13, 2013

अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति दरलाग्दो गरी बढ्दै

युवा पुस्ता मात्र नभएर बालबालिकासमेत इन्टरनेट र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति बढेपछि अभिभावकको टाउको दुखाइ विषय बनेको हो ।
सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोगकर्ता उच्चमाध्यामिक तहका विद्यार्थी भए पनि त्यसको दुरुपयोग गरी अश्लील र यौन उत्तेजक तस्वीर र भिडियो हेर्नेमा उनीहरु नै अग्रपङ्क्तिमा देखिएका छन् ।
नयाँ प्रविधिको विकाससँगै फैलने विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रमाणीकरण नियन्त्रण कार्यालयले मुलुकभर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
त्यस्ता अश्लील तस्वीर राख्ने, हेर्ने र प्रतिक्रिया दिने कार्य साइवर अपराधका दायराभित्र पर्ने भएकाले सो कार्यालयले जिल्ला जिल्लामा गएर अभिभावक, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालासँग समेत अन्तक्र्रिया गरी जनचेतनाको अभियानलाई तिव्रता दिँदै आएको नियन्त्रक लक्ष्मीप्रसाद यादवले जानकारी दिनुभयो ।
‘फेसबुक र इन्टरनेटको प्रयोग गर्ने नाममा आफ्ना सन्तति कुलतमा त फसेका छैनन्’ भन्ने पाटोलाई अभिभावकले अत्यन्त गम्भीरताका अनुगमन गर्न जरुरी रहेको बताउँदै उहाँले इन्टरनेट हेर्न अभिभावकले बालबालिकालाई सबैको सजिलोसँग पहँुच हुने बैठक कोठालगायतका स्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सूचना प्रविधिसँगको सजिलो पहुँच, यसको व्यापक बजारीकरण, विश्वव्यापी सञ्जालले समेत जन्माएका यस्ता विकृतिलाई रोक्न विभिन्न मुलुकमा आ–आफनै धर्म, संस्कृति र रहनसहनको पक्षलाई समेत ध्यानमा राखेर साइवर अपराध नियन्त्रणका लागि कानून कार्यान्वयनमा ल्याइएका छन् ।
पछिल्लो समय युवा पुस्तामा मात्र नभई बालबालिकाबाट समेत त्यस्ता वेवसाइटभित्र गएर अश्लील तस्विर र भिडियो हेर्ने गरेका घटनामा वृद्धि भएको जनगुनासा अभिभावकबाट अनौपचारिक तर बाक्लोरुपमा सुनिन थालेको नियन्त्रक यादव स्वीकार्नु हुन्छ ।
छोराछोरीलाई अभिभावकले जथाभावीरुपमा च्याट गराउने र सहजरुपमा इन्टरनेटको पहुँचको लागि पासवर्डको सुविधाबाट टाढै राख्ने तथा विद्यालयले समेत आफ्ना विद्यार्थीको गतिविधिप्रति चनाखो हुन एकदमै जरुरी रहेको आवश्यकता महसूस गरिएको छ ।
दूरदराजको तुलनामा इन्टरनेट र फेसबुकलगायत सामाजिक सञ्जालको सुविधाका कारण सहरमा यो विकृति मौलाउँदै गएकाले नियन्त्रकको कार्यालयले विकृतिलाई रोक्न विद्यालय र विश्वविद्यालयमा समेत जनचेतनालाई अब तीब्र बनाउने सोच राखेको छ ।
पछिल्लो समय साइवर अपराधका घटनामा वृद्धि हुनुका साथै उजुरी दिने सङ्ख्यामा समेत वृद्धि भएको सो कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार भेटमा जानकारी दिइयो ।
इन्टरनेट सेवा प्रदायक संस्थालाई समेत त्यस्ता विकृतिजन्य तस्विर र गतिविधि रोक्ने व्यवस्थाका लागि अनुरोध गर्नुपर्ने आवश्यकता आँैल्याइएको छ ।
“इन्टरनेट, फेसबुक हेर्नु राम्रो हो, तर बच्चाले दुरुपयोग गरिरहेको छ वा छैन अथवा के हेरिरहेको छ भन्नेमा अभिभावक सधैँ चनाखो हुनै पर्दछ”–नियन्त्रक यादव भन्नुहुन्छ । रासस

Tags:

0 Responses to “अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति दरलाग्दो गरी बढ्दै ”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks