Monday, December 9, 2013
भ्रम र यथार्थ: ओरल सेक्स (मुखमैथुन) सम्बन्धि केही जानाकारि
Monday, December 9, 2013 by Unknown

तर यस्तो सोँचाइ पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको ज्यानै समेत लिन्छन् । मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।
कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ । कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो ।
मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ । ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ । त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तम उपाय हो । Tags: Others
Subscribe to:
Post Comments (Atom)

0 Responses to “भ्रम र यथार्थ: ओरल सेक्स (मुखमैथुन) सम्बन्धि केही जानाकारि”
Post a Comment