Sunday, December 15, 2013

साकिरा, हरिवंश र यमबुद्ध नेपाली फेसबुकप्रयोगकर्ताका अत्याधिक प्रिय सेलिब्रेटी

 

 


काठमाडौं, १ पुस। नेपालमा फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जाल दिनदिनै लोकप्रिय हुँदै गएका छन्। यसको लोकप्रियतासँगै यसको प्रयोग गर्नेहरु पनि बढेका छन्। नेपालमा फेसबुक प्रयोगकर्ताले आफ्नो अकाउण्ट मात्र हैन अन्य पेजहरु पनि मन पराएर उनीहरुलाई पछ्याइरहेको देखिन्छ। आम फेसबुक प्रयोगकर्ताले फेसबुकमा बनेका विभिन्न सेलिब्रेटीज राजनीतिककर्मी ब्राण्ड लगायतका पेजहरु मन पराएर पछ्याएको देखिन्छ।

तपाइसँग हामीले यहाँ राख्न खोजेको बिषय भनेको नेपाली फेसबुकप्रयोगकर्ताले कस्ता कस्ता सेलिब्रेटीजहरुलाई बढी पछ्याइरहेका छन्। उनीहरुको सेलिब्रेटीजहरुलाई पछ्याउने ट्रेण्ड के छ र यसमा नेपाली सेलिब्रेटीजहरु कतिको पछ्याइनेमा पर्छन।

नेपाली सेलिबेटीजहरु दिनदिनै नेपाली आम सञ्चारमाध्यममा छाएकै हुन्छन्। तर नेपाली फेसबुक प्रयोगकर्तालाई दशजना सेलिब्रेटीजको नाम लिन लगायो भने नेपालका तीनजनाको मात्र नाम लिदा रैछन भन्ने तथ्य सामाजिक सञ्जालहरुको विश्लेषण गर्ने एक वेभसाइटले देखाएको छ। सो वेभसाइटका अनुसार नेपाली फेसबुक प्रयोगकर्ताले मन पराएका दश सेलिब्रेटीजमा सात जना बिदेशीहरु छन्। तीन नेपाली सेलिब्रेटीजहरुमा लोकप्रिय कलाकार हरिवंश आचार्य मन पराइएका उत्कृष्ट दशको दोस्रो नम्बरमा रहेका छन्। आचार्यलाई संसारकै तहल्का मच्चाउन सफल गायिका साकिरा रहेकी छिन्। साकिराको प्रख्याती नेपालमा अत्याधिक रहेको फेसबुकमा उनको फ्यान फलोइङले देखाएको छ। नेपालभित्रै रहेर फेसबुक चलाउनेहरु उनको फ्यान फलोइङ सबैभन्दा बढी अर्थात ३,१७,३९८ रहेको छ। संसारभर उका फ्यान फलोइङ भने ७ करोड ५५ लाख ९० हजार भन्दा ज्यादा रहेका छन्।

नेपालभित्र मन पराइएका दोस्रो र तेस्रो सेलिब्रेटी भने नेपाली नै रहेका छन्। दोस्रोमा हरिवंश रहेका छन् भने उनलाई नेपाली र्‍यापर यमबुद्धले नजिकबाट ट्ककर दिइरहेका छन्। आइतवार विहानसम्म संसारभर भने यमोबुद्धले हरिवंश आचार्यलाई पछाडि पारेका छन् भने नेपालमा भने हरिवंशकै फ्यान बढी देखिएका छन्। हरिवंशलाई नेपाली फेसबुकप्रयोकर्ता ३लाख ७ हजार ८२२ जनाले मन पराएका छन् भने संसारभर ३ लाख ९८हजार २६६ जनाले मन पराएका छन्। हरिवंशलाई पछ्याइरहेका र्‍यापर यमोबुद्धलाई भने नेपाली फेसबुकप्रयोकर्ता २लाख ९४ हजार ४८८ जनाले मन पराएका छन् भने संसारभर ४ लाख १५हजार ४३६ जनाले मन पराएका छन्।

नेपाली फेकबुकप्रयोगकर्तामा मन पराइएका चौथो पात्र भने बलिउडका कलाकार सलमान खान देखिएका छन्। टेलर स्विफ्ट पाँचौ नम्बरमा छन् भने छैठौ नम्बरमा बलिउडकै कलाकार दिपिका पादुकोण रहेकी छिन। दिपिका पादुकोणलाई पूर्व मिस नेपाल माल्भिका सुव्वाले पछ्याइरहेकी छन्। माल्भिकालाई २लाख ३८ हजार २५६ जना फेसबुकप्रयोगकर्ताले पछ्याएका छन्। यता उत्कृष्ट दशको सूचीमा भने माल्भिकालाई एकोनले पछ्याएका छन्। जस्टीन वाइबर नबौ नम्बरमा रहेका छन् भने बलिउडकै कलाकार आमिर खान भने मन पराइएका दश नम्बरमा देखिएका छन्।

Tags:

0 Responses to “साकिरा, हरिवंश र यमबुद्ध नेपाली फेसबुकप्रयोगकर्ताका अत्याधिक प्रिय सेलिब्रेटी”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks