Sunday, December 15, 2013
खेल्न सेक्सको प्रस्ताव आए: मोनिका दाहाल
Sunday, December 15, 2013 by Unknown

उनले भनिन्, ‘कसैले डेटिङ जाउ भन्यो भने मैले नाई भन्दिन ।’ तर तपाई र म जाने ठाउँमा तपाइको दिदी बैनीलाई पनि कोही पुरुषसँग आउन भन्नुहोला भन्ने जवाफ दिन्छु । मोनिकाको यो जवाफले त्यस्तो प्रस्ताव राख्नेहरु तर्किएका छन् । सिने नगरीमा आएर यस्तो खालको क्रियाकलाप देखाएर कोही चल्दैन भन्ने पनि उनले सुनेकी छिन् । यस्तै व्यवहारका कारण आफूले सिनेमा कम पाएको उनलाई लागेको छ ।
९ वटा जती सिनेमामा अभिनय गरिसकेकी मोनिकाले हालै मात्र ‘राहादानी’ र ‘कस्तो टेन्सन’ नामक सिनेमा सकाएकी छिन् । उनले अभिनय गरेका सिनेमाले खासै कमाल त मच्चाएका छैन । उनलाई आफू निक्कै सेक्सी लाग्छ । भनिन्, ‘मेरो आखा र बोली निक्कै सेक्सी छ ।’ सिने नगरीमा आएर आफूले आजसम्म गल्ती नगरेको तर्क उनको छ । नायिका दाहालबाट सिने नगरीले अहिले नै आशा गर्ने ठाउँ त बनिसकेको छैन । सिने नगरीमा आएर करिअर खोज्दै गरेका नायिकाको भिडमै पर्छिन् मोनिका । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)

0 Responses to “खेल्न सेक्सको प्रस्ताव आए: मोनिका दाहाल”
Post a Comment