Wednesday, December 18, 2013
बिग बोस घरमा फर्किए पक्राउ परेका अरमान ..
Wednesday, December 18, 2013 by Unknown
बिग बोसको सातौ संस्करणका प्रतियोगी अरमान कोहली बिगबोसको घरमा फर्किएका छन् । सोफिया हयातले अरमानको विरूद्धमा मारपिटको मुद्धा दायर गरेपछी अरमानलाई प्रहरिले पक्राउ गरेको थियो । उनी अहिले धरौटीमा छुटेका छन् र बिगबोसको घरमा छिरेका छन् ।सोफियाले अरमानले बिग बोसको घरमा उनलाई पिटेका थिए र उक्त घटनाको भिडियो फुटेज समेत प्रहरीले प्राप्त गरेको थियो । प्रहरीले अरमानलाई प्रहरीले पक्राउ गरेपछी सोफियाले आफूलाई राहत मिलेको बताएकी थिइन् । अरमानलाई बिग बोसको घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।
निकै रिसाहा स्वभावका अरमान बिग बोसको घरमा फर्किएपछी उनले केही उपद्रो त मच्चाउने होइनन् भन्ने आशंका पनि मच्चिएको छ । बिग बोसमा उनले केही नराम्रो कार्य त गर्दैनन् या अन्य कोहीसँग झगडा त गर्दैनन् भन्ने आशंका र डर पनि उत्पन्न भएको छ । अरमानको रिसमा अब को पर्छ भन्ने अनुमान गर्दै बिगबोसका फ्यानहरू निकै सचेत भएर कार्यक्रमको फर्काईमा बस्न थालेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)


0 Responses to “बिग बोस घरमा फर्किए पक्राउ परेका अरमान ..”
Post a Comment