Saturday, December 14, 2013

कुलो खन्न कैलालीमा ५ हजार किसानको मेला

३० मंसिर, कैलाली । कैलालीको पूर्वी क्षेत्रका किसानको कुला खन्ने मेला कर्णाली चिसापानीमा सुरु भएको छ । जमरा र कुलरिया सिचाई कुलोमा पानी ल्याउन कर्णाली चिसापानीमा शुक्रबारबाट किसानको मेला सुरु भएको हो ।
पूर्वी कैलालीमा सञ्चालित परम्परागत सिचाइ प्रणाली अन्तर्गतको जमरा र कुलरिया कुलाको मुहान खोल्न करिब ५ हजार किसानको मेला लागेको हो । बर्सेनि लाग्ने यो किसान मेलालाई स्थानीय भाषामा  ’देशावर’ भन्ने गरिएको छ । सिँचाई  कुलोमा पानी ल्याउन कर्णाली चिसापानीमा शुक्रबारबाट किसानको मेला सुरु भएको हो ।
पूर्वी कैलालीमा सञ्चालित परम्परागत सिचाइ प्रणाली अन्तर्गतको जमरा र कुलरिया कुलाको मुहान खोल्न करिब ५ हजार किसानको मेला लागेको हो । बर्सेनि लाग्ने यो किसान मेलालाई स्थानीय भाषामा चाई कुलोमा पानी ल्याउन कर्णाली चिसापानीमा शुक्रबारबाट किसानको मेला सुरु भएको हो ।
पूर्वी कैलालीमा सञ्चालित परम्परागत सिचाइ प्रणाली अन्तर्गतको जमरा र कुलरिया कुलाको मुहान खोल्न करिब ५ हजार किसानको मेला लागेको हो । बर्सेनि लाग्ने यो किसान मेलालाई स्थानीय भाषामा ‘देशावर’ भन्ने गरिएको छ । सिचाइका लागि कुलो खन्न यहाका प्रत्येक किसानले करिब ३ महिनासम्म श्रमदान अनिवार्य छ । सरकारले कर्णाली कुलो सिचाई आयोजना सुरु गरे पनि कुल लागतको ८ प्रतिशत किसानले श्रमदान गर्नुपर्ने भएकाले ‘देशावर’ उठाइएको जमरा कुलो जल उपभोक्ता समिति अध्यक्ष लालवीर चौधरीले बताए । उनले भने, ‘सिचाइ आयोजना सम्पन्न नभएसम्म वर्षौदेखिको देशावर प्रणालीबाट कुलो खन्ने काम जारी रहन्छ ।’
जमरा कुलो समिति अध्यक्ष लालवीर चौधरीका अनुसार ५ फिट गहिरो र २७ फिट चौडाइ कुलो करिब १ किलोमिटरसम्म किसानले खन्ने र बाकी करिब २ किलोमिटर सिचाइआयोजनाको स्काभेटरले खन्नेछ । सिचाइका लागि कुलाको मुहान खन्न कणर्ाली चिसापानी गएका किसानको बास नै कर्णाली चिसापानी नजिकको जंगलमा रहेको कान्तिपुरमा खबर छ । उनीहरुले पाल टाँगेर रात काट्ने गरेका छन् । करिब १५ दिनसम्म कुलोको मुहान खन्न श्रम लगाउनुपर्ने उनीहरुले बताए ।

Tags:

0 Responses to “कुलो खन्न कैलालीमा ५ हजार किसानको मेला”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks