Wednesday, December 11, 2013

जाडो याममाको सुरुवात संगै कुखुराको मासुको मुल्य आकासियो

लक्ष्मीप्रसाद सापकोटा-पर्वत, २६ मंसिर । जाडो याममा उत्पादन घटेपछि पर्वत जिल्लामा बोइलर कुखुराको मासुको मुल्य दोब्बर बढेको छ । कुखुराको मासु प्रतिकिलो ४ सय रुपैया पुगेको हो ।  यो मुल्य महिले सम्मकै महंगो हो ।

पर्वतको सदरमुकाम कुस्मा बजारमा एक साता एक साताअघिसम्म दुई सय ८० देखि तीन सय रुपैयाँसम्ममा विक्री हुँदै आएको मासु अहिले चार सय रुपैयाँ पुगेको छ । चल्ला र दानाको मुल्य बढेको भन्दै कुखुरा अभाबको समय पारेर ब्यबसायीले मासुको मुल्य बढाएका हुन ।  चल्लाको मुल्य बढेको र दानाको मुल्य समेत बढेपछि मुल्य बढाइएको मासु ब्याबसायी समिति पर्वतका अध्यक्ष हिमाल केसीले बताए ।

उनका अनुसार चल्लाको मुल्य दोब्बर भएको छ भने दानाको मुल्य पनि एक बोरामा १ सय भन्दा बढीले बृद्धि  भएको छ । पहिले कुखुराको चल्ला ४५ देखि ५० रुपैयामा पाइने भएपनि अहिले ९६ देखि १ सय पुगेको छ । ‘चल्ला र दानाको मुल्य बढेपछि कुखुरा र मासुको पनि मुल्य बढेको हो’ उनले भने ‘बर्डफलुका कारण चल्ला उत्पादन नहुँदा पनि मुल्य बढेको हो’

मुल्य बढेपछि बिक्रीमा पनि कमि आएको छ । दैनिक आठ सय किलो बोइलर कुखुराको मासु विक्री हँुदै आएको पर्वतमा अहिले ६ सय किलो खपत हुन थालेको छ ।
-कारोबार बाट सभार

Tags:

0 Responses to “जाडो याममाको सुरुवात संगै कुखुराको मासुको मुल्य आकासियो ”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks