Recent Articles

Sunday, December 22, 2013

परदेशीकी पत्नी हुँदा...

Sunday, December 22, 2013 - 0 Comments

अखण्ड भण्डारी @ekantipur
ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो । अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो, 'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

पेस्तोल देखाएर बैंकको १० लाख लुटियो

हेटौडा, पुस ७ - हेटौंडामा मुख्य शाखा रहेको अल्पाइन डेभलपमेन्ट वैंकको १० लाख रुपैयाँ लुटिएको छ ।
हेटौंडाको मुख्य शाखाबाट छतिवन गाविसस्थित उपशाखामा लैजादै गर्दा बाटोबाट रकम लुटिएको हो ।
छतिवन शाखाका प्रबन्धक विष्णु अधिकारी र गार्ड रामबहादुर माझी रकमसहित मोटरसाईकलमा छतिवन जाँदै थिए ।
हर्नामाडी गाविसको फुर्केचौरनजिकैको जंगलमा मोटरसाईकलमा आएका दुई जनाले पेस्तोल देखाएर रकम लुटेको कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बा १३ प १७३५ नम्बरको पल्सर मोटरसाईकलमा आएका लुटेरा रकम लिएर मोटरसाईकल छाडेर भागेका छन् । घटना साढे ११ बजे भएको हो ।
प्रहरीले प्रबन्धक अधिकारी र गार्ड माझीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
मंसिर अन्तिम साता पनि नेपालगञ्जस्थित नविल बैंकको दुई करोड ३० लाख रुपैयाँ धनगढी ल्याउने क्रममा लुटिएको थियो ।

‘मुक्ति टावर’का मालिकले २३ अर्ब लगानी थप्ने, १८ अर्ब विदेशबाट ल्याउने सुमार्गीको औपचारिक घोषणा

७ पुस, काठमाडौं । एमाओवादी निकट उद्योगी एवं मुक्ति टावरका मालिक अजेयराज सुमार्गीको समूहले दुई वर्षभित्र मुलुकका बिभिन्न उद्योगमा २३ अर्ब लगानी गर्ने घोषणा गरेको छ । विदेशी साझेदार र आन्तरिक कर्जाबाट स्रोत जुटाई उद्योगहरु लगानी गर्न लागेको  सुमार्गी समूहले जनाएको छ । मुक्तिश्री प्रालिमार्फत स्याटेलाइट टेलिकम, जलविद्युत, होटल, सिमेन्ट र सुपरस्टोर लगायतका पाँच उद्योगमा २३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न लागेको समूहका अध्यक्ष अजेयराज सुमार्गीले जानकारी दिनुभयो ।

आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले १८ अर्ब रुपैयाँ बिदेशी लगानी ल्याउन लागिएको र अन्य आन्तरिक स्रोतबाट ब्यबस्थापन गरिने बताउनुभयो । सन् २०१६ सम्ममा २३ अर्ब रुपैयाँ थप लगानी गरिसक्ने बताउनुभयो ।
नेपाल स्याटेलाइट टेलिकममा थप ६ अर्ब ५० लाख, धादिङको आँखुखोला हाइड्रोमा साढे ५ अर्ब, काठमाडौंमा पाँचतारे होटलमा ५ अर्ब, सुर्खेतमा मुक्तिश्री सिमेन्टमा ४ अर्ब र इन्फ्रा कम्पनीमा ३ अर्ब लगानी गर्ने कम्पनीले जनाएको छ ।
अध्यक्ष सुमार्गीका अनुसार थप गरिएको लगानीबाट ४ वटा नयाँ उद्योगहरु सञ्चालनमा आउने छन् । सबै उद्योगबाट १५ हजार जनाले रोजगारी पाउने सुमार्गीले जानकारी दिनुभयो । सात अर्ब लगानी भइसकेको नेपाल स्याटेलाइट टेलिकममा थप साढे ६ अर्ब रुपैयाँ लगानी गरेर मुलुकभर सेवा विस्तार गर्ने योजनामा रहेको उहाँको भनाई छ । आगामी वर्ष २०१४ को फेब्रुअरीसम्म नेपाल स्टेलाइटको सेवा मुलुकभर विस्तार गरिसक्ने लक्ष्य राखिएको छ । नेपाल स्याटेलाइटले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा संचालन गरिरहेको छ ।
आगामी ४ वर्षभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित धादिङमा ३५ मेगावाट क्षमताको आँखुखोला जलविद्युत आयोजन निर्माण गर्ने सुमार्गीले घोषणा गर्नुभयो । राजधानीमा खोलिने पाँच तारे होटलमा समूहले विदेशी लगानी भित्राउने लक्ष्य राखेको छ । यूरोपको प्रसिद्ध अन्तर्राष्ट्रिय चेन होटलसँग आवद्ध भएर उक्त होटल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । साझेदारी गर्न लागिएको चेन होटलको नाम भने खुलाइएको छैन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सन् २०१६ को अन्त्यसम्म होटल सञ्चालनमा आइसक्ने छ । होटल सरकारले तोकेको मापदण्डभित्र रहेर निर्माण गरिनेछ । २ सय २० वटा कोठाहरु रहने होटलमा ५ अर्ब लगानी हुने अनुमान समूहले गरेको छ । समूहले मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिको नामबाट सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्ने जनाएको छ । जसले दैनिक १ हजार २ सय मेटि्रक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्नेछ । नेपाल इन्फ्रा प्रालिका नामबाट मिनभवनमा सुपरस्टोर सञ्चालन गर्न लागेको बताउँदै सुमार्गीले चितवन, हेटौंडामा पनि सुपरस्टोर सञ्चालन गर्दै जाने बताउनुभयो ।

Saturday, December 21, 2013

Dhoom 3 (2013) Full Bollywood Movie Watch Online DVD

Saturday, December 21, 2013 - 0 Comments

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News...

Abhishek Bachchan and his calfskin coat proceed to impart the same number of interpretations they did nine years back, when the Dhoom establishment was started. Uday Chopra hasn't in any way, shape or form viewed any of his own movies still, so is yet to resign. Aamir Khan's midriff is not euphoric being his, it now needs to fit in with Hrithik Roshan and henceforth tries to resemble the latter's. Katrina Kaif's hotness remain unharmed, particularly given that her face remains untouched by an excess of feelings. What's more here is the signal to advance goosebumps from respecting Yashraj Films' gut.

They got these four together in what they call a film and requested that you pay up to Rs 900 to watch them in 3d Imax. Alright, to be reasonable to them, they kept Katrina Kaif's wardrobe restricted to games bras, gymming shorts and leotards with such a variety of gold chains that you'd think they are the bathing suit change consciences of Bappi Lahiri. In any case they likewise ruled against ordering shirts for Aamir Khan, who incidentally, appears to have stolen Tai Lung's outflow from Kung Fu Panda. All things considered, through most parts of the film, he does resemble this. For the individuals who haven't had the fortune of viewing Kung Fu Panda, Aamir Khan in Dhoom: 3 appears to have gained all the representations immortalised by Ajay-then-Devgan in Phool aur Kaante. Furthermore these are as delightful to look as political blurbs in metros. Right away for the storyline of the film. Anyhow soon after that an admonition. To watch Dhoom: 3, you need to dispose of the desires that are brought up in most normal mere mortals experiencing a sickness called practical judgement skills. When that is off the beaten path, Dhoom: 3 is somewhat simple to stomach. It's not difficult to accept that Abhishekh Bachchan, who looks as fit and adaptable as a pad, can do a somersault in mid-air, punch a man and return to his seat on a two wheeler. It's likewise simple to accept that Uday Chopra has extraordinary degrees of confidence,

दिपीकालाई दुवै हातमा लड्डु

पुस ७ - अंग्रेजी क्यालेन्डरले वर्ष २०१३ लाई बाई-बाई गर्न एक साता मात्रै बाँकी छ । त्यसैले पनि विदेशमा विभिन्न शीर्षकमा रहेर वर्ष समीक्षाहरू आउने क्रम सुरु भएको छ । बलिउड समाचार र गसिप सम्बन्धी एक अनलाइन अपुनका च्वाइस डटकमले आफ्ना भिजिटरसँग रुचाइएको उत्कृष्ट नायिकाको सर्वेक्ष्ाण गरेको थियो । जसमा सात नायिकाले मात्रै मत पाएका छन् ।
झन्डै तीन हजारले सहभागिता जनाएको उक्त सर्वेक्षणमा दिपीका पादुकोणले सबैलाई उछिन्दै रुचाइएकी नायिका बनेकी छन् । दिपीकाका यस वर्ष आएका तिनै फिल्मले बक्सअफिसमा सय करोड क्लब ज्वाइन गरेका थिए । जसमा शाहरुख खानसँगको 'चेन्नाई एक्सप्रेस', रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' र रणवीर सिंहसँगको 'राम-लीला'
छन् । 'बम्बे टाकिज' भने उनको एक गीतमा मात्रै उपस्थिति थियो । प्रेमी रणवीर कपुरसँगको ब्रेकअपपछि भने उनको भाग्य खुलेको छ । दिपीकालाई ४२ प्रतिशतले आफ्नो रुचिको नायिकाको लागि भोट हालेका हुन् । उता, वर्षभर दुई फिल्म र त्यो पनि सुपरफ्लप फिल्म मात्रै दिएर पनि करिना कपुरले दिपीकालाई कडा टक्कर दिएकी छन् ।
सूचीमा दोस्रो भए पनि उनी दिपीकाभन्दा दुई प्रतिशत मतले मात्रै पछि परेकी छन् । जब कि करिनाका दुवै फिल्म 'सत्याग्रह' र 'गोरी तेरे प्यार मै' दुवै फिल्मले हावा खाएका थिए भने 'बम्बे टाकिज'ले मात्रै उनलाई केही राहत दिएको थियो ।
नायक सैफ अली खानलाई पति बनाएपछि पनि उनलाई रुचाउने फ्यानमा यो वर्ष कमी आएको देखिएन ।
दिपीका र करिनाले नै ८२ प्रतिशत मतमा कब्जा जमाएपछि बाँकी नायिकाले दोहोरो अंकसमेत जोड्न पाएनन् । समीक्षकको नजरमा रुचाइएको 'द लन्चबक्स' की निम्रत कौर र वर्षको सफल लभस्टोरी फिल्म 'आशिकी २' की श्रद्धा कपुरले समान सात प्रतिशत मत पाएका थिए भने 'रांझणा' र 'भाग मिल्खा भाग' की सोनाम कपुर तथा 'लुटेरा'की सोनाक्षी सिन्हाले पनि फ्यानको मन जित्न सकेनन् । दुवैले समान दुई प्रतिशत मतमा चित्त बुझाए । फिल्म 'बीए पास' की नायिका शिल्पा शुक्लाले एक प्रतिशत मात्रै मत पाएर सूचीमा आफूलाई देखाउन मात्रै सकिन् ।
उता, सोही अनलाइनले गरिरहेको हट अनस्त्रिmन जोडीमा पनि दिपीकाले नै बाजी मारेकी छन् । नायक रणवीर सिंहसँगको 'राम-लीला' जोडी र शाहरुखसँगको 'चेन्नाई एक्सप्रेस' जोडी दुवैलाई अत्यधिक रुचाइएको छ । अनलाइन सर्वेक्षण जारी रहँदा 'चेन्नाई एक्सप्रेस' को शाखरुखसँगको उनको अनस्त्रिmन जोडीलाई २७ प्रतिशतले सर्वाधिक हट मानेका छन् । रणवीरसँगको जोडीले पनि २६ प्रतिशत मत पाउँदै पहिलो स्थानको लागि प्रतिस्पर्धा बढाएको
छ । तेस्रो हट जोडीमा भने 'आशिकी २' का जोडी आदित्यरोय कपुर र श्रद्धा कपुरले १८ प्रतिशत मत पाइसकेका छन् ।
त्यसबाहेक दिपीकाकै रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' जोडीलाई १३ प्रतिशतले हट मानेका छन् भने 'रांझणा' जोडी सोनाम कपुर र धनुषलाई ४ प्रतिशतले
मात्रै । रणवीर सिंहलाई दिपीकासँग रुचाएका फ्यानले 'लुटेरा' की सोनाक्षी सिन्हासँग भने
एक प्रतिशत मात्रै भोट दिएका छन् ।

धूम ३ ले सबै रेकर्ड तोड्दै !!!

मुम्बई– अपेक्षा अनुसार 'धुम ३' ले पहिलो दिनमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ। भारतीय समाचार माध्यमहरुले जनाए अनुसार 'धुम ३' ले विदा नुहँदाका दिनमा रिलिज भएर पनि सर्वाधिक कमाउने र विदा सहितको रिलिजमा पहिलो सर्वाधिक कमाई गरी दुई दुई रेकर्ड राखेको हो।
विदा बिनाको रिलिजमा सर्वाधिक कमाउने रकेर्ड 'ये जवानी है दिवानी'को नाममा थियो भने पहिलो दिनको सर्वाधिक कमाई 'चेन्नई एक्सप्रेस'को नाम थियो। इदको अवसर पारेर रिलिज भएको 'चेन्नई एक्सप्रेस'ले ३३ करेाड कमाएको थियो भने धुम ३ ले भने हिन्दी,तेलगु र तमिलमा गरी ४० करोड भन्दा बढीको कमाई गरेको श्रोतले उल्लेख गरेका छन्।

धुम ३ले विश्वभरिका सर्वाधिक पर्दामा रिलिज हुने रकेर्ड समेत कायम गरेको थियो। यस अघि ३५०० पर्दामा रिलिज भएर रकेर्ड राखेको 'चेन्नई एकसप्रेस'लाई पछि पार्दै धुम ३ विश्वभरिका ४५०० पर्दामा रिलिज भएको थियो। जसमध्ये देश बाहिर धुम ३ को रिलिज पर्दा ७ सय थियो । फिल्मले अमेरिका,अष्ट्रेलिया,न्युजिल्याण्ड र युकेमा पनि रेकर्ड ब्रेकिंग कमाई गरेको भारतका व्यापार पण्डितको दाबी छ।

समिक्षकहरुबाट मिश्रित प्रतिक्रिया पाएपनि फिल्मले ९५ देखि १०० प्रतिशत सम्मको अकुपेन्सी सहित मल्टिप्लेक्स र सिंगर थिएटरमा धाक जमाएको छ। पहिलो दिनको कमाईको हिसाबले फिल्मले ३ दिन भित्रमै सयकरोड क्लबमा सामेल हुने र फिल्मले तीन सय करोड क्लबमा नाम लेखाउने धेरैले अनुमान गरेका छन्। यशराज फिल्मको ब्यानरमा बनेको फिल्ममा आमिर खान, कटि्रना कैफ, अभिषेक बच्चन र उदय चोपडाको मुख्य भूमिका रहेको छ।

रारा ताल फुट्ने त्रास, १ सय ६ घर परिवार उच्च जोखिममा !!!

श्रीनगर (मुगु), पुस ७ - पानी पर्नासाथ गाउँमाथिको पहाडबाट पहिरो आउँछ । त्योभन्दा धेरै रारा ताल फुट्ने त्रासले उनीहरूलाई निद्रा पर्दैन ।
गमगढी छेवैको तलितुम गाउँका १ सय ६ घर परिवार वर्षौंदेखि यही त्रासमा छन् । 'भलपहिरो घरगोठमा छिर्छ । गुह्येखोलाले खेतबारी काटेको काट्यै छ,' स्थानीय श्रीचन्द्र रावलले भने, 'सबैभन्दा डर राराको छ । के गर्नु, हाम्मो सुन्ने कोही भएन ।'
५० वर्षअघि राजा महेन्द्र रारा आउँदा उनीहरूले गाउँ सार्न बिन्ती बिसाएका थिए । महेन्द्रसँगै आएका भूगर्भशास्त्रीले बस्ती सार्नुपर्ने बताएका पनि हुन् । तर केही भएन । त्यसयता व्यवस्था फेरिए, कैयौं सरकार फेरिए । न समस्याको समाधान निस्क्यो न त तलितुमको त्रास हटेको छ । 'तल खोलाले कटान गर्छ, माथिबाट भल र पहिरो आउँछ । त्योभन्दा ठूलो
विपत्ति त राराले निम्त्याउने डर छ,' उनले भने ।
गत वर्ष आएको भलपहिरोबाट गाउँका विष्णुबहादुर रावल र देवीलाल बुढाको घरमा क्षति पुग्यो । प्रशासनले ५/५ हजार राहत दिनेबाहेक नियन्त्रणको कुनै पहल गरेन । देवीलालले भने, 'पहाडबाट भलपहिरो आउँछ । पानी नरोकिँदासम्म गाउँ छाड्नुपर्ने स्थिति छ ।'
०६१ सालमा पनि गाउँमा ठूलै क्षति पुगेको थियो । नन्दबहादुर बयलको एक हल लाग्ने खेत गुह्येखोलाले बगायो । अरू बारी पनि बग्ने तरखरमा छ । ठाडाखोला, माझखोला र गुह्यखोला मिलेर घट्टे खोला बन्छ । त्यसबाट हुने कटानबाट गाउँ उच्च जोखिम छ । तर सुर्खेतस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले ३५ वटा तारजाली भर्नेबाहेक कुनै काम
भएको छैन ।
तलितुम मात्र हैन, मुगुका १४ गाउँ पहिरोको उच्च जोखिममा छन् । सदरमुकाम गमगढी छेवैको श्रीनगरका इमागाउँ, निगाले र तलितुम गाउँ जोखिममा छन् । गमगढीका ढुंगाखानीले त्यस तलको इमागाउँ पहिरोको जोखिममा परेको हो । स्थानीय प्रशासनले ढुंगाखानी बन्द गर्न निर्देशन पनि दिएको छ । पूर्ण रूपमा भने नरोकिएको गाउँकी अगुवा रामदेवी खड्काले बताइन् । 'सीडीओसाबलाई भेटेर गाउँ बचाउनुपर्‍यो भनेका छौं,' उनले भनिन्, 'कि ढुंगाखानी बन्द गर्नुपर्‍यो हैन भने बस्ती सार्नुपर्‍यो । नत्र पहिरोले बगाउने भो ।'
त्यस्तै रोवा गाविसका भटडाँडी र मेलबाडा, कोटिला, सेरीका साटबाडा र गाँडेखोला, जिमाका ख्याल्च र पुरुमुरु पनि खतरामा छन् । त्यसैगरी कार्कीबडा गाउँ र कालापाल्ता, रिगाको ह्याङलु र फोतु रावलबडा पनि उच्च जोखिममा छन् । तीमध्ये अधिकांश गाउँ सार्नुपर्ने माग स्थानीयले गरेका छन् । यी गाउँमा ६० देखि साढे दुई सय घर छन् ।
सरकारले समुदायमा आधारित विपद् जोखिम व्यवस्थापनका लागि छनोट गरेका १ हजार गाविसमध्येका मुगुका पाँच गाविसमा गैरसरकारी निकाय केयर नेपाल र किर्डाकले कार्यक्रम गरिरहेका छन् । गाविसस्तरमा स्थानीय विपद् व्यवस्थापन समिति बनेका छन् । भल पहिरो नियन्त्रण गर्न गत जेठयता झन्डै १३ लाखको लागतमा भलकुलो तटबन्ध निर्माण गरिएको केयरका संयोजक हासा मल्लले बताइन् । ती गाउँमा विपद् जोखिम व्यवस्थापन योजनासमेत बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिसँग न बजेट छ न त गाउँहरू जोगाउने कुनै योजना । मुगुका जोखिमयुक्त गाउँको अध्ययन गर्न भर्खरै प्राविधिक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।
जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर वीरबहादुर रावलको नेतृत्वमा टोली गठन भएको छ । उद्धार समितिमा सामान्य राहतबाहेक बजेट छैन । प्रजिअ गिरीले भने, 'बस्ती सार्नेबारे कुनै योजना बनेको छैन । टोलीको अध्ययनपछि खानी विभाग,
भू-संरक्षण तथा भौतिक निर्माण र
गृह मन्त्रालयमा आवश्यक सिफारिस गर्ने छौं ।'

Friday, December 20, 2013

फेसबुकमा भेटिए १८ वर्षअघि हराएका भाइ, भन्छन 'तर म अब नेपाल फर्कन चाहन्न।'

Friday, December 20, 2013 - 0 Comments

काठमाडौं-पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए। उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन्।

एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको 'फ्रेन्ड रिक्वेस्ट' (साथी बन्ने आग्रह) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो।

त्यो 'फ्रेन्ड रिक्वेस्ट' आएको थियो, पुण्यराज कार्कीको नामबाट।

'सुरुमा त चिन्नै सकिनँ। यत्तिका वर्षपछि उसको फोटो देखेको थिएँ। अनुहार निकै बदलिएछ। हल्का दारी पलाएको रहेछ। अनुहारमा कताकति चाउरी पनि परेछन्,' कार्कीले भने, 'तर, नाम पनि उही, झट्ट हेर्दा उस्तै–उस्तै लाग्ने। मैले त आफूलाई थाम्नै सकिनँ। हो न हो यो मेरो भाइ नै हो भन्ने लाग्यो।'

युवराजले हतारहतार पुण्यको फेसबुक प्रोफाइल क्लिक गरे। त्यहाँ उनको टेलिफोन नम्बर थियो। भारतको नम्बर रहेछ। उनले आफ्ना भतिजलाई फोन गर्न लगाए। भतिजले नम्बर डायल गरे। उता फोन उठेपछि दुवैको कुराकानी सुरु भयो। पुण्यको वास्तविक परिचय पहिचान गर्न दसतिरबाट प्रश्न सोध्न थालियो।

यता टेलिफोनमा सवालजवाफ चल्दै थियो, उता युवराजको ढुकढुकी बढ्दै थियो। आखिरमा उनको शंका सही साबित भयो। ती व्यक्ति उनै पुण्य रहेछन्, १८ वर्षअघि हराएका उनका भाइ।

निश्चित हुनेबित्तिकै युवराजले आफूलाई थाम्नै सकेनन्। हतारहतार भतिजको हातबाट फोन खोसेर लिए। र, आफैं कुरा गर्न थाले।

'भतिजले यकिन गरिसकेपछि किन–किन म त अडिनै सकिनँ, तुरुन्तै फोन टिपेँ,' उनले भने, 'उसको स्वर पहिलेजस्तो थिएन। भाषा पनि पूरै फेरिएछ। इन्डियनजस्तै बोल्दो रहेछ।'

युवराजको मनमा अनेक प्रश्न सल्बलाइरहेका थिए। तर, १८ वर्षपछि फेला परेका भाइलाई एकै झमटमा सबै चिज सोध्न मन मानेन। चाहेर पनि सोध्न सकेनन्। किनकि, त्यो क्षण यति भावुक बनेको थियो, न उनी केही सोध्न सकिरहेका थिए, न पुण्य केही जवाफ दिन। दाइको आवाज चिन्नेबित्तिकै पुण्य क्वाँक्वाँ रुन थालेछन्। उनको रुवाइको जवाफ युवराजको आँखाबाट अविरल बगिरहेको आँसुले दिइरहेको थियो।

पुण्य २०५२ सालमै घर छाडेर हिँडेका थिए।

उनी श्रीमती र एक वर्षे छोरासँग राजधानीको डल्लुमा बस्थे। त्यहीँ उनको किराना पसल थियो। श्रीमतीसँगको असमझदारीले उनले घरबार छाडेका थिए। उनी पहिले नेपाल प्रहरीमा भर्ती हुन चाहन्थे। तर, कठिन तालिमका कारण टिक्न सकेनन्।

अहिले उनी जैन सोसाइटी अफ इन्डियाले आयोजना गर्ने 'अल इन्डिया टुर'मा काम गर्छन्। लामो समयपछि परिवारको सम्पर्कमा आउँदा पुण्यले निकै खुसी मानेका छन्। तर, उनी अब नेपाल फर्कन चाहँदैनन्।

'अब यतिका वर्षपछि नेपाल फर्किएर नयाँ जीवन सुरु गर्नु मेरो लागि निकै कठिन छ,' ४८ वर्षीय उनले नागरिकसँग टेलिफोनमा भने, 'त्यसैले म फर्कन चाहन्न। अहिले आएर नेपाल फर्कें भने मैले जिरोबाट सुरु गर्नुपर्छ।'

उनी आफैंले पनि दाजुलाई फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाएका होइनन्। दाजु हो भनेर चिनिसकेपछि एकजना साथीले रिक्वेस्ट पठाइदिएको उनले बताए। उनी त परिवारको सम्पर्कमै आउन चाहन्थेनन्। किनकि, दाजुहरूले फेला पार्नेबित्तिकै कुनै हालतमा नेपाल फर्कन कर गर्नेछन् भन्ने उनलाई भलिभाँती थाहा थियो।

'म फेसुबकसँग अभ्यस्त मान्छे पनि होइन, उनै साथीले फेसबुक चलाउन सिकाइरहेका छन्, दाइलाई फ्रेन्ड रिक्वेस्ट पठाएको पनि उनैले हो,' पुण्यले भने, 'त्यत्ति गर्दा परिवारको सम्पर्कमा आइन्छ भन्ने अलिकति पनि लागेको भए म कुनै हालतमा त्यसो गर्न दिने थिइनँ।'

झापाका स्थायी बासिन्दा उनीहरूका पाँच दाजुभाइ छन्। पुण्य सबभन्दा कान्छा हुन्। हराएका पुण्य फेला परेको खबर सबै दाजुकहाँ पुगिसकेको छ। सबैले फोन गरेर कुराकानी गरिसकेका छन्। उनका दुईजना दाजु त अचेल जर्मनीमा बस्छन्। उनीहरूले पुण्यलाई उतैबाट पैसाधरी पठाइदिएछन्।

'म एकदमै भाग्यमानी हुँ, यत्ति धेरै माया गर्ने दाइहरू पाएको छु,' पुण्यले भने, 'म बाआमालाई पनि खुब सम्भि्कन्छु, उहाँहरूबिना इन्डियामा यस्तरी बस्नु मेरो जिन्दगीकै सबभन्दा ठूलो अभाव हो।'

अन्तिम उनले कुरा टुंग्याउँदै भने, 'तर म अब नेपाल फर्कन चाहन्न।'

Thursday, December 19, 2013

पुष्पकमलको "दाहाल"निती ......!!!

Thursday, December 19, 2013 - 0 Comments

काठमाडौ, पुस ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'संविधानसभामा बलियो भूमिका खोज्न' कांग्रेससँग नजिकिन थालेका छन् । कांग्रेसले एमालेको विरोधबीच उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने र त्यसको संयोजक दाहाललाई बनाउने संकेत दिएपछि दाहाल नजिकिएका हुन् ।
राजनीतिक समितिको संयोजक आफू भए संविधान निर्माणलगायतका विषयमा आफ्नो भूमिका बलियो हुने बुझाइ दाहालको छ । कांग्रेसको 'विशेष आग्रह' मा उनले संविधानसभामा सहभागी हुने स्पष्ट संकेतसमेत दिइसकेका छन् ।
निर्वाचनमा 'धाँधली' भएको भन्दै त्यसको छानबिन हुनुपर्ने, विघटित संविधानसभामा भएका सहमति कार्यान्वय गर्नुपर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने र संविधानसभा बाहिरका दललाई समेट्न पहल गर्ने मागलाई कांग्रेसले सकारात्मक रूपमा लिएको भन्दै एमाओवादीले संविधानसभामा जाने संकेत गरेको हो ।
'अध्यक्षलाई बलियो भूमिका दिएमा आफ्नो नेतृत्वको सरकारका बेला संविधान निर्माण सहज हुने बुझाइ कांग्रेसको हुन सक्छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'कांग्रेससँग सकारात्मक दिशामा छलफल भइरहेको छ ।' पहिलो संविधानसभा विघटन हुनुअघि संविधानका विवाद समाधान उपसमितिका संयोजक हुँदा
संविधानका धेरै विवाद मिलेका थिए । फेरि पनि उनले राजनीतिक समितिको संयोजक भएर त्यस्तै भूमिका खेल्ने मनस्थिति बनाएका छन् ।
कांग्रेस र एमाओवादीको सहकार्यले दुवै दललाई फाइदा पुग्ने दाबी उनीहरूको छ । राजनीतिक समितिको संयोजक दाहाललाई बनाएर कांग्रेसले संविधान निर्माण र सरकार सहज ढंगले अघि बढाउन चाहेको देखिन्छ ।
संविधान निर्माणका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्नेमा दुवै दलको स्वार्थ गाँसिएको छ । ठूलो दल कांग्रेससित सहकार्य गरेर आफ्ना एजेन्डा संविधान, सत्य निरूपण आयोगमा समावेश गराउने रणनीति एमाओवादीको छ । उसले राजनीतिक समितिको निरन्तरता, सत्य निरूपण आयोग गठनमा कांग्रेस सकारात्मक भएको जनाएको छ ।
'सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउनेमा कांग्रेस सकारात्मक छ,' सापकोटाले भने, 'आयोग गठनबारे उसले राजनीतिक ढंगले सोचेको छ ।' १० वर्षे सशस्त्र युद्धका बेला सरकारमा कांग्रेस र युद्धमा माओवादी थियो । आयोग गठनमा दुवै पक्षको गम्भीर चासो छ ।
एमाओवादीका चासोमा सकारात्मक हुँदै कांग्रेसले सरकार निर्माणलगायतका विषयमा आफ्नो चासोप्रति सकारात्मक हुन आग्रह गरेको छ । एमाओवादीलाई संविधानसभामा प्रवेश गराएर सरकार बनाउन उसले एमाओवादीको 'समर्थन' खोजेको छ । एमाओवादीले पार्टीको नराम्रो पराजय भएको अवस्थामा सरकारमा जान नसकिने उल्लेख गर्दै संविधानसभामा सहभागी भएर सघाउने आश्वासन दिएको स्रोतको भनाइ छ ।
निर्वाचनमा धाँधली भएको भन्नेबारे 'छानबिन प्रक्रिया अघि बढाउने,' संविधान निर्माणमा आफ्ना कुरा समावेश गराउने र मेलमिलाप आयोग गठन गर्ने कुरामा सकारात्मक भए सरकार निर्माणमा 'रचनात्मक' भूमिका खेल्ने एमाओवादीको भनाइ छ । 'हाम्रो चासो संविधान निर्माणमा पार्टीले उठाएका एजेन्डा समावेश गर्ने हो' एक नेताले भने, 'त्यस्तो अवस्थ्ाामा सरकारमा नगएर समर्थन गर्ने बाटो खुला राख्न सकिन्छ ।' ती नेताले कांग्रेससँग सकारात्मक कुरा भइरहेका बेला यस्तो धारणा दिए ।
निर्वाचनको पूर्ण मत परिणाम नआउँदै संविधानसभामा नजाने घोषणा गरेको एमाओवादीले कांग्रेससँगको लामो औपचारिक/अनौपचारिक छलफल पछि संविधानसभामा गएर 'संघर्ष' गर्ने बताएको छ । कांग्रेस, एमाओवादीको निकटताले कांग्रेस र एमालेबीच दूरी बढ्ने संकेत भने देखिएको छ । कांग्रेस र एमालेबीच दूरी बढे आफूलाई फाइदा हुने एमाओवादीको बुझाइ छ ।

कोठा न्यानो खोज्दा दुई युबाको ज्यान गयो !

काठमाडौ, पुस ५ - न्यानो पार्न बायो बिक्रेट बालेर कपनको एउटा कोठामा गत शुक्रबार सुतेका दुई युवा पुनः ब्युँझिएनन् । त्यही 'न्यानो' उनीहरूको काल बन्यो । हावा राम्ररी पास नहुने कोठामा उनीहरूको निसासिएर मृत्यु भयो ।
नगरकोटको होटलमा मृत पाइएका दुई चिनियाँ नागरिकको मृत्युको कारण पनि गुम्सिएको ग्यास नै भएको पाइएको छ । त्यसबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसको विषाक्त प्रभावले ज्यानै लिन्छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्ती त्यसैले सचेत रहन सबैलाई सल्लाह दिन्छन् ।
विज्ञहरूका अनुसार चिसो याममा झ्याल-ढोका लगाएर वा राम्ररी हावा आउ-जाउ गर्न नसक्ने ठाउँमा आगो बाल्दा यस्ता दुर्घटना हुन्छन् । मट्टतिेल स्टोभ, हिटिङ सिस्टम, जेनरेटर, चुरोट, इन्धन हिटर, ग्यास गिजर, ग्यास स्टोभ आदिबाट पनि कार्बन मोनोअक्साइड निस्कन्छ । गुम्सिने ठाउँमा ती बालेर बस्नु हुँदैन ।
'यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्तिले कराउन पनि सक्दैन,' डा. वस्ती भन्छन्, 'अन्ततः लठ्ठ परेर मृत्यु नै हुन्छ ।' आगो ताप्नै परे झ्याल खुला राख्न र सुत्नुअघि निभाउन उनले सुझाव दिए । उनका अनुसार विद्युत् हिटर चलाउँदा पनि झ्याल खुला राख्नुपर्छ ।
ग्यास गिजर भएका बाथरुममा हावा ओहोर-दोहोर गर्न झ्याल खुल्ला हुनैपर्ने उनले बताए । गत वर्ष ग्यास गिजरको गुम्स्याइले दुई जनाको मृत्यु भएको थियो । कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन ग्यास रहेको जानकारी दिँदै त्रिवि केन्द्रीय विभागका रसायन शास्त्री प्रा डा. विनय झा भन्छन्, 'यो कार्बनडाइ अक्साइडभन्दा खतरनाक हुन्छ ।'

विहे गरेको २० वर्ष भयो, तर एक अर्काको नाम सम्म थाहा छैन ।

उनीहरू वैवाहिक बन्धनमा बाँधिएको २० वर्ष भयो। तर, दम्पत्तीलाई एक अर्काको नाम थाहा छैन। सुन्दा अचम्म लागे पनि कैलालीको खैलाड गाविस वडा नम्बर ३ का बमबहादुर चौधरीका दम्पत्तीबीचको अवस्था यस्तै छ।

१० वर्षको उमेरमा दुवै खुट्टा चल्न छोडेपछि अपाङ्ग बनेका बमबहादुरको विवाह आफन्तले जन्मजात श्रवण शक्ति गुमाएकी एक अपरिचित महिलासँग गरिदिए। ती महिलाको नाम विवाह गराई दिने आफन्तलाई समेत थाहा थिएन। बमबहादुरको नाम त उनकी श्रीमतीले सुन्नै सक्दैनन्।

'हामीबीच एक अर्काको नाम थाहा छैन। तर मन मुटुको धडकन भने थाहा छ' बमबहादुरले भने–'त्यही भएर होला २० वर्षदेखि एक अर्काको सुखदुःखका साथी बनेका छौं।'

गाउँमा थोरै खेतीयोग्य जमिन भएपनि उनीहरु काम गर्न सक्दैनन्। बमबहादुरका दुवै खुट्टा नचले पछि काम गर्न सक्ने अवस्था नै रहेन। उनकी श्रीमतीलाई भने श्रीमानको स्याहार सुसार गर्नबाट फुर्सद छैन।

उनीहरु मागेर जीवन गुजारा गरिरहेका छन्। ह्विल चियरमा बसेका श्रीमानलाई डोर्‍याउँदै बमबहादुरकी श्रीमती सदरमुकाम धनगढी पुगेकी छन्। बमबहादुरकी श्रीमतीले यसरी नै उनलाई ह्विल चियरमा डोर्‍याएर मागेको भरमा उनीहरुको जीविकोपार्जन भैरहेको छ।

'आफन्तले खोजेर विवाह गरिदिए पनि यिनलाई मेरो जीवनमा सायद भगवानले नै पठाएको हो' बमबहादुरले भावुक मुद्रामा भने–'सायद यिनी नभएको भए मेरो अवस्था के हुँदो हो?'

मुखले व्यक्त गर्न नसकेपनि श्रीमतीले आफ्ना बारेमा आफै भन्दा धेरै चिन्ता लिने गरेको बमबहादुरले बताए। 'विचरा व्यक्त गर्न सक्दिनन्' उनले भने–'म प्रति उनले देखाएको मायाले महशुस गर्न सक्छु।'

सरकारले अपाङ्गता भएका व्यक्तिलाई तीन श्रेणीमा विभाजन गरेको छ। जस अर्न्तगत सरकारले क वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।

बमबहादुरको दम्पत्ती सरकारी मापदण्ड अनुसार क वर्गमा पर्छ। उनीहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो। तर उनीहरुले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।

अपाङ्गताको श्रेणीमा क वर्गमा पर्ने बमबहादुरलाई ख वर्गको निलो परिचयपत्र थमाइएको छ। सरकारले निलो परिचयपत्र भएका आपाङ व्यक्तिलाई भत्ता दिने गरेको छैन।

बम बहादुरले दुवै जना अपाङ्ग भएकाले सामाजिक सुरक्षा भत्ता पाए जीवनयापनमा सहज हुने आशा व्यक्त गरे। उनले घरपरिवारका अरु कसैले साथ नदिएको बेला सरकारले साथ दिएको भए आभारी हुने बताए।

टेलिकम नेतृत्वबिहीन हुँदा ठूला निर्णय प्रभावित

काठमाडौं—प्रबन्ध निर्देशक नहुँदा नेपाल टेलिकमको नीतिगत तथा पूर्वाधारको काम प्रभावित हुन थालेको छ। टेलिकम दुई महिनाभन्दा बढी समयदेखि उच्च नेतृत्वबिहीन अवस्थामा छ।
प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि गत असोजमा सकिए पनि नयाँ नियुक्ति नहुँदा कम्पनीको नयाँ निर्णय, नीतिगत विषय र पूर्वाधारमा समस्या देखिन थालेको हो । दूरसञ्चार क्षेत्रमा उच्च प्रतिस्पर्धाबीच टेलिकमले बनाएका नयाँ योजना कार्यान्वयन गर्न नेतृत्व आवश्यक पर्छ ।

सिंह निमित्तको रुपमा अझै टेलिकममा भए पनि उमेरमा विवाद उठेपछि कार्यालय जान छाडेका छन् । निमित्त प्रबन्ध निर्देशक सिंहलाई सञ्चार मन्त्रालयले गत आइतबार पदावधि सकिएको पत्र पठाएको थियो । नागरिकताअनुसार गत असारमा उनको अनिवार्य अवकाशको उमेर ५८ वर्ष पुगेको छ ।

'नेतृत्व नहुँदा टेलिकममा नीतिगत निर्णय हुन सक्दैन,' पूर्व महानिर्देशक चेतप्रसाद भट्टराईले भने, 'टेलिकम क्षेत्रमा चर्को प्रतिस्पर्धा छ, दिनहुँ नयाँ प्रविधि र सेवा प्रदान गर्ने बेला नेतृत्व नै नहुँदा ठूलो घाटा लाग्छ।' उच्च प्रतिस्पर्धा चलिरहेको बेला नयाँनयाँ योजना ल्याएर आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने बेला लामो समय नेतृत्वबिहीन राख्दा बजार हिस्सा गुमाउँदै गएको टेलिकमलाई झन् समस्या हुने उनले बताए।

टेलिकम सहप्रवक्ता राजेश जोशीले ठूला निर्णय बोर्डबाट र दैनिक काम निमित्त र सिनियर कर्मचारीबाट हुँदै आएको बताए । 'अहिले त्यस्तो ठूलो समस्या त देखिएको छैन, तर नेतृत्व चाँडै चाहिन्छ,' उनले भने।

अहिले नेपाल टेलिकम १० अर्बको परियोजनामार्फत नेटवर्क विस्तारमा लागेको छ । उसले जिएसएम मोबाइलको लागि नेटवर्क विस्तार गर्न लागेको हो। काठमाडौंभित्र नेटवर्क विस्तार गरी गुणस्तर सुधारको काम भर्खर सकेको टेलिकमले उपत्यकाबाहिर पनि सोहीअनुरुप काम गरिरहेको छ। डाटाका लागि इभिडिओ, वाइम्याक्स लगायतलाई प्रभावकारी बनाउन नयाँ योजना बनाएको टेलिकम जिएसएम सेवामा एनसेलभन्दा पछि छ।

सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले नयाँ प्रबन्ध निर्देशक केही समयपछि नियुक्त हुने बताए । 'अहिले नयाँ प्रबन्ध निर्देशकको विषयमा छलफल चलिरहेको छ, केही दिनभित्र नयाँ निर्णय हुन्छ,' उनले भने ।

पूर्वाधारमा जोड दिएको टेलिकममा नयाँ निर्णय गर्न सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ । निर्णयलाई योजनाबद्ध रुपमा अगाडि बढाउन प्रबन्ध निर्देशक आवश्यक पर्ने भएकाले तत्काल नयाँ नियुक्ति आवश्यक रहेको कर्मचारी बताउँछन् । टेलिकमले गत वर्ष ५ अर्ब १८ करोडको उपकरण आयातका लागि सिफारिस लिएको थियो । गत वर्ष यसले १ करोड जिएसएम मोबाइल लाइन विस्तारको महत्वाकांक्षी योजना ल्याएको थियो । यो वर्ष पनि पूर्वाधार र सेवा विस्तारमा टेलिकमले जोड दिएको छ ।

'पहिलो प्रमाणित उमेरमै अवकाश'

नेपाल टेलिकम सञ्चालक समितिले उमेर हदबन्दीको विषयमा पहिला जुन प्रमाणपत्रका आधारमा ५८ वर्ष पुग्छ त्यसैअनुसार अवकाश दिने निर्णय गरेको छ ।

न्याय तथा कानुन मन्त्रालयको रायमा सञ्चार मन्त्रालयले गत आइतबार पहिला जुन प्रमाणपत्रको उमेर ५८ वर्ष पुग्छ त्यसैलाई आधार बनाउनुपर्ने राय दिएको थियो । सोही पत्रको आधारमा बुधबार बसेको बोर्ड बैठकले निर्णय लिएको हो। 'बैठकले जुन प्रमाणपत्रको आधारमा पहिले ५८ वर्ष पुग्छ त्यही मान्य हुने निर्णय गरेको छ,' सञ्चालक समिति सदस्य सुशील ओझाले नागरिकसँग भने, 'यो निर्णय टेलिकमका सबै कर्मचारीमा लागू हुन्छ ।'

टेलिकमलाई सञ्चार मन्त्रालयले गत आइतबार नेपाल दूरसञ्चार कम्पनी विनियमावलीले 'जुन प्रमाणपत्रका आधारमा पहिले ५८ वर्ष पुग्छ, त्यसैका आधारमा पदावधि सकिने' व्यवस्था रहेको उल्लेख गर्दै पत्र पठाएको थियो।

सञ्चार सचिव ध्रवप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले टेलिकमको केही पुराना सामग्रीलाई लिलामी गर्ने निर्णय गर्दै निर्देशनसमेत दिएको छ ।

‘बीग बोसको घर भित्र सेक्स सम्बन्ध राखिन्छ’

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुँदै आएको ‘बीग बोस सिजन ७’ को बिषयलाई लिएर थुप्रै खालका आलोचना भइरहेका छन् । हालै मात्र प्रतियोगी सोफिया हायतलाई पिटेको आरोपमा अर्का प्रतिस्पर्धी अरमान कोहली प्रहरीको थानमा पुगिसकेका छन् । यसैबिच ‘बीग बोस’का पूर्व प्रतिस्पर्धी कमल आर खानले कुशल र गौहर, तनिषा र अरमान बिच सेक्स सम्बन्ध हुने गरेको गम्भिर आरोप लगाएका छन् । ‘बीग बोसको घर भित्र यो जोडी शारीरिक सम्बन्ध राखिरहेको छ, यो सबैका लागि दुर्भाग्य हो । नेशनल टेलिभिजनमा यस्तो सम्बन्ध राखेर यिनीहरुले बेइज्जत गरिरहेका छन्’, कमलले ट्विटरमा ट्विट गर्दै भनेका छन् ।
हालै मात्र प्रशारित एक कार्यक्रममा गौहर र कुशल बाथरुम भित्र लामो समयसम्म बसेको देखाइएको थियो । टेलिभिजनमा बाथरुम भित्रबाट विभिन्न खालका आवाज आएका थिए । यस्तै केही दिन अघि प्रशारित कार्यक्रममा तनिषा र अरमान बाथरुम भित्र लामै समय बसेका थिए ।
कमलले तनिषाले देवगन परिवारको नै इज्जत फालेको बताएका छन् । यता गौहर खानका कारण आफूलाई अब खान भन्न पनि लाज लाग्न थालेको कमलको तर्क छ । कमलको यो आरोपलाई घर बाहिर आएपछि यि प्रतिस्पर्धीहरुले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

Wednesday, December 18, 2013

खरिद मुल्य ५० हजार, बेच्दा अढाइ करोड

Wednesday, December 18, 2013 - 0 Comments

४ पुस, काठमाडौं । वास्तविक चोरले जम्मा ५० हजार लिएर बिक्री सुरु गरेको भगवान बुद्धको मूर्ति विदेशीसँग कारोबार हुने बेलासम्म ५० लाख पुग्यो । खरिदकर्ता तयार हुनुअघि तहतहका मूर्ति तस्करहरुले त्यो मूर्तिलाई कोट्याएर, परीक्षण गरे अनि हजारबाट लाख र लाखबाट अढाइ करोडसम्म मूल्य तय गर्न सके । तर १३ र ६ किलो तौल भएका सुनसहित आठवटा धातुले बनेका बुद्धका मुर्ति विदेशीको हातमा भने पर्न पाएनन् ।
काठमाडौं गौशालास्थित होटेल महाराजाको कोठा नम्बर १०९ मा बसेर नवीनग्राम प्रावि नाङ्लेभारेका शिक्षक कुलप्रसाद दंगाल आफ्ना ४ जना सहयोगीसहित काभ्रेबाट चोरेर ल्याएको सय वर्षभन्दा पनि पुरानो १३ किलोको सुनौलो बुद्धको मूर्तिको मोलमोलाई करोमा गरिरहेका थिए । त्यस्तै भयो दिनेश श्रेष्ठ भन्ने वसन्त सुना, मानबहादुर गुरुङ र रमेश श्रेष्ठलाई पनि । उनीहरु ललितपुरको बालकुमारीचोकस्थित यात्रु प्रतीक्षालयमा नुवाकोटबाट चोरेर ल्याएको ६ केजी तौलको उस्तै बुद्धमूर्ति १० लाखमा बार्गेनिङ गरेर खरिदकर्ता कुरिरहेका थिए । शिक्षक दंगाल र उनको टोलीका सुदर्शन सुनुवार, कुमार लकाई, मानध्वज तामाङ र सोनाम लामा २५ मंसिरमा केन्द्रीय अनुसन्धान व्युरोको फन्दामा परेको अन्नपूर्ण पोस्टमा खबर छ । त्यसको भोलीपल्टै नुवाकोटबाट चोरेको मूर्ति बेच्न खोज्ने टोलीलाई व्युरोले नै समातेको थियो ।
नेपालबाट चीनतिर पुरातात्विक महत्वका मूर्तिहरु बेच्ने गिरोह खोज्ने क्रममा प्रहरीले यी दुईवटा टोली फेला पारेको हो ।

मूलधार नछाड्न वैद्यलाई चिनियाँ नेताको सुझाव

काठमाडौ, पुस ४ - चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री आई पिङले संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा- माओवादीलाई परिपक्व ढंगले अगाडि बढ्न सुझाव दिएका छन् । चारदिने भ्रमणमा रहेका आईले माओवादी अध्यक्ष मोहन वैद्यलगायत नेताहरूसँग राजधानीको एक रेस्टुरेन्टमा बुधबार साँझ लामो वार्ता गरेका थिए ।
चिनियाँ उपमन्त्री आईले नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि 'ट्याक्टफुल्ली' जान सुझाव दिएको माओवादी अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलाले कान्तिपुरलाई बताए । करिब तीन घन्टा भएको वार्तामा आईले नेपाली स्वाधीनताका पक्षमा माओवादीले लिएको अडानको प्रशंसा गर्दै मूलधार नछाड्न सन्देश दिएको सहभागी नेताहरूको बुझाइ छ । 'मेनस्टि्रम कन्सिडर गर भन्ने आशयका रूपमा उहाँको भनाइलाई हेर्न पनि सकिन्छ,' बाँस्तोलाले भने, 'नेकपा-माओवादी जिम्मेवार पार्टी भएकाले नेपालको यथार्थ स्थिति बुझेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।'
नेपाल जानकार आईले माओवादी नेताहरूसँग छलफलका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङले पछिल्लो समय अख्तियार गरेको छिमेकी कूटनीतिबारे व्याख्या गरेका थिए । उनले खास गरी चीनले समाजवाद स्थापनाका लागि विभिन्न चरणमा अपनाउँदै गएको खुलापन र आर्थिक विकासबारे प्रकाश पारेका थिए । माओवादी अध्यक्ष वैद्यले आईले नेपालको समस्या नेपाली दलहरू नै मिलेर समाधान गर्न सुझाव दिएको बताए । 'तपाईंहरूको कुरा तपाईंहरू नै मिलाउन सक्षम हुनुहुन्छ भनेर उहाँले सकारात्मक कुराकानी गर्नुभयो,' उनले भने ।
वैद्यले भेटघाटलाई आई नेपाल आएका बेला भएको सामान्य सन्दर्भका रूपमा मात्र चित्रित गर्न चाहे । आईकै कूटनीतिक सल्लाह अनुरूप एमाओवादीसँग छुट्टनिेबित्तिकै चीन सरकारले अध्यक्ष वैद्यलगायत वरिष्ठ नेताहरूलाई भ्रमण गराएको थियो ।
चुनाव घोषणालगत्तै नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले पनि वैद्यसँग महत्त्वसाथ भेट गरेका थिए । चीनले माओवादीलाई सुरुदेखि नै नेपालको मुख्य राजनीतिक शक्तिमध्ये एकका रूपमा मान्यता दिँदै आएको छ ।
भारतका विदेशमन्त्री सलमान खुर्सिदले समानुपातिक वा मनोनयन प्रक्रियाबाट वैद्य समूहलाई पनि समेटेर लान सुझाव दिएकै बेला चिनियाँ संस्थापनले समेत त्यस्तै सल्लाह दिएको छ ।
उपमन्त्री आईले बुधबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गरे । नेपालमा परिवर्तनको मुद्दालाई अगाडि बढाएको पार्टीका रूपमा एमाओवादीले अब संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने सुझाव आईले दिएको सम्बद्ध स्रोतले बतायो । लाजिम्पाटस्थ्िात दाहाल निवासमा बिहान करिब दुई घन्टा भएको भेटमा पार्टीका विदेश विभाग प्रमुख कृष्ण महरा पनि उपस्थित थिए ।
आईको बिहीबार अन्य मुख्य दलका शीर्ष नेताहरूसँग भेटघाट र साँझ कांगे्रसको रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

बिग बोस घरमा फर्किए पक्राउ परेका अरमान ..

बिग बोसको सातौ संस्करणका प्रतियोगी अरमान कोहली बिगबोसको घरमा फर्किएका छन् । सोफिया हयातले अरमानको विरूद्धमा मारपिटको मुद्धा दायर गरेपछी अरमानलाई प्रहरिले पक्राउ गरेको थियो । उनी अहिले धरौटीमा छुटेका छन् र बिगबोसको घरमा छिरेका छन् ।
सोफियाले अरमानले बिग बोसको घरमा उनलाई पिटेका थिए र उक्त घटनाको भिडियो फुटेज समेत प्रहरीले प्राप्त गरेको थियो । प्रहरीले अरमानलाई प्रहरीले पक्राउ गरेपछी सोफियाले आफूलाई राहत मिलेको बताएकी थिइन् । अरमानलाई बिग बोसको घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।
निकै रिसाहा स्वभावका अरमान बिग बोसको घरमा फर्किएपछी उनले केही उपद्रो त मच्चाउने होइनन् भन्ने आशंका पनि मच्चिएको छ । बिग बोसमा उनले केही नराम्रो कार्य त गर्दैनन् या अन्य कोहीसँग झगडा त गर्दैनन् भन्ने आशंका र डर पनि उत्पन्न भएको छ । अरमानको रिसमा अब को पर्छ भन्ने अनुमान गर्दै बिगबोसका फ्यानहरू निकै सचेत भएर कार्यक्रमको फर्काईमा बस्न थालेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आउँदैछ तपाईंको आँखाको ईशारामा कामगर्ने फोन

बताइए अनुसार सामसुङ एस-५ स्क्यानिङ सेन्सरका साथ लन्च हुँदैछ ।
सामसुङले हाल आई स्क्यानिङ फिचरमा काम गर्दैछ। यसलाई सामसुङ एस-५ मा समावेश गर्ने तयारी गरिएको छ ।
यसअघि आइफोन र एचटिसीले फिंगर प्रिन्ट स्क्यानर भएको स्मार्ट फोन बजारमा ल्याइसकेका छन्। तर आई स्क्यानको प्रविधीमा कसैले काम गरेको छैन ।
के हुन्च आइस्क्यानिङ भएको स्मार्ट फोनमा ?
स्मार्ट फोनमा भएको आई स्क्यानरले प्रयोगकर्ताको आँखाको नानी स्क्यान गर्दछ। यसपछि प्रयोगकर्ता आँखाको अगाडी पर्ने बितिकै फोन अनलक हु्न्छ । प्रयोग कर्ताले आँखा हटाएपछि फोन फेरी लक हुन्छ। स्क्यानरको मद्दतले फोनले आँखाको नानीको प्याट्रन डेटाबेसमा सेभ गरेर राखेको छ।
सामसुङको एस-५ लाई करिन ९० हजार नेपाली रुपयैा पर्ने अनुमान छ। एस-५ २०१३ को फरवरीमा लञ्च हुने बताइएको छ।

सुनिल थापा प्रियंका चोपडासँग काम गर्दाको अनुभव साट्न तयार छैनन्

बलिउडकी चर्चित नायिका प्रियंका चोपडासँग काम गरिरहेका नेपाली सिनेमाका चर्चित खलनायक सुनिल थापा यतिबेला नेपालमा छन् । मलेसियामा आयोजना हुन लागेको नेफ्टा अवार्डको सिलसिलामा त्यता जान नेपाल आएका थापा जाडोका कारण ‘म्यारी कोम’ नामक सिनेमाको छायांकन रोकिएको बताउँछन् । यो सिनेमालाई बलिउडका सफल निर्माता निर्देशक संजयलिला भंसालीले तयार पारिरहेका छन् ।‘२ चरणको काम सकिए पनि सिनेमाको सम्पूर्ण छायांकन सकिएको छैन । यसैले सिनेमाको बिषयमा केही पनि बोल्ने अनुमती हामीलाई छैन’, सुनिलले  भने । प्रियंका चोपडासँग काम गर्दाको अनुभव साट्न सुनिल थापा तयार छैनन् । निर्माण यूनिटले सिनेमाको बिषयमा केही पनि नबोल्नु भनेकाले पनि सुनिल थापा मौन बसेका हुन् ।
उनी नेपाल आएको समयमा ‘मुखौटा’ नामक नेपाली सिनेमाको छायांकनमा व्यस्त भएका छन् । जनवरी महिनाभर नेपालमै रहने सुनिल फ्रेबुअरीबाट फेरी ‘म्यारी कोम’ नामक सिनेमाको छायांकनमा व्यस्त हुनेछन् ।
चलचित्रमा सुनिल थापा प्रियंकाको गुरुको भूमिकामा देखिदैछन् । एक नेपाली सिनेमाका कलाकारको लागि बलिउडकै सफल नायिकासँग काम गर्न पाउनु ठूलै उपलब्धी हो । सुनिल थापाले नेपाली सिने नगरीमा आउनु अघि पनि बलिउड र केही पाकिस्तानी चलचित्रमा अभिनय गरिसकेका थिए ।

बलात्कार अभियोगमा ३ नेपालीलाई २० वर्ष जेल

नयाँदिल्ली, पुस ३ - रोजीरोटी खोज्दै पश्चिम नेपालबाट भारतको हिमाञ्चल पुगेका तीन नेपालीविरुद्ध एक अमेरिकी महिलालाई बलात्कार गरेको अभियोगमा कुल्लुस्थित जिल्ला अदालतले २० वर्षको जेल सजाय सुनाएको छ ।
पेसाले ट्रक ड्राइभर र सहयोगी रहेका तीनैजना नेपाली लामो समयदेखि हिमाञ्चलमा रोजगारीमा रहेको कुल्लु प्रहरीको अभियोग दर्ता (एफआईआर) मा उल्लेख छ । गत जुन ४ को मध्यरातमा मनालीबाट ८ किलोमिटर टाढाको वशिस्ट गाउाबाट ट्रकमा लिफ्ट लिएकी अमेरिकी युवतीलाई पाल्चन भन्ने स्थानमा लगेर तीन जनाले बलात्कार गरेको र युवतीका साथमा रहेको क्यामेरा, मोबाइल, ५ हजार भारुसमेत लुटेको आरोप छ ।
हिमाञ्चल प्रहरीका एसपी विनोद धवनका अनुसार तीनै जनालाई जनही १० हजार भारुका दरमा जरिवानासमेत तोकिएको छ । जरिवाना बुझाउन नसके जेल सजाय अरू थपिनेछ । सोमबहादुर, लक्की र अर्जुन नाम राखेर अमेरिकी युवतीले जुन ४ मा दर्ता गराएको एफआईआरमा यिनीहरूको पूरा ठेगाना खुलाइएको छैन । यो घटनाको दुई दिनपछि मनालीबाट पक्राउ परेका तीन जनामाथि लगाइएको आरोपमा १७ जना साक्षीको बयान लिइएको थियो ।
जिल्ला अदालतको सजायविरुद्ध उनीहरू पुनरावेदनमा जान सक्ने बताइएको छ । घटना र अदालती निर्णयबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी आएको छैन ।

Tuesday, December 17, 2013

‘बीग बोस’को घरबाटै अरमान कोहोली पक्राउ :: Actor Armaan Kohli arrested for 'assaulting' fellow inmate Sofia Hayat

Tuesday, December 17, 2013 - 0 Comments

मोडल सोफिया हायतको उजुरीको आधारमा प्रहरीले ‘बीग बोस’का चर्चित प्रतिस्पर्धी अरमान कोहोलीलाई गिरफ्तार गरेको छ । सोमबार दिउँसो ‘बीग बोस’को घरमा पुगेको प्रहरीले लामो समयको सोधपुछ र कानुनी प्रक्रिया पश्चात अरमानलाई गिरफ्तार गरेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।सोफियाले ‘बीग बोस’को घरमा अरमानले आफूलाई पिटेको र विभिन्न किसिमका शब्दहरु प्रयोग गर्दै गाली गरेको आरोप लगाएकी थिइन् । यसैको आधारमा अरमानलाई प्रहरीले ‘बीग बोस’को घरबाटै गिरफ्तार गरेको बताइएको छ । उनलाई धारा ३२४, ५०९ र ५०४ अनुसार कारबाही अगाडी बढाउने छ ।

Actor Armaan Kohli was on Monday arrested from the set of "Bigg Boss Saath-7" following a complaint filed by British singer-actress Sofia Hayat for allegedly assaulting her during their stay in the reality show, a police official said.

"Armaan is in the police station and the investigation is going on. He was taken under custody at around 11 pm (Monday). The investigation is on and things will be clear after that ," an official from the Lonavala police station said.

A source from channel Colors, which airs the popular show, too confirmed that Armaan was arrested on Monday night.

Sofia filed her complaint at the Santa Cruz police station here Dec 11, just days after her eviction from the TV show. During her stay on the show, an argument had broken out between her and Armaan. Armaan ended up hitting Sofia with a mop and that left her hurt.

"Following the complaint by Hayat, an FIR was registered against co-contestant Armaan Kohli," Arun Chavan, Senior Inspector at Santacruz police station, had told.

The Santacruz Police, after registering a case, transferred the complaint to their counterparts in Lonavala in Pune district, who conducted further probe into the matter.

Kohli has been booked under sections 324 (voluntarily causing hurt by dangerous weapons or means), 504 (intentional insult to provoke breach of peace) and 509 (word, gesture or act intended to outrage the modesty of a woman) 506 (criminal intimidation) and 354 a (sexual harassment) of the Indian Penal Code, police said.

After filing of the FIR, the 29-year-old actress had tweeted: "Police report done. I'm exhausted with today!. The police have been amazing. Santacruz police have been very professional and courteous."
Armaan’s family in return had retaliated by threatening to file a defamation suit against the British singer and model.

During her stay, Sofia had quarrel with fellow contestants Tanishaa, Ajaz Khan, but her arguments with Armaan Kohli allegedly turned ugly and violent. During the show, she also demanded the eviction of Armaan for his unruly behaviour.

Armaan, who has worked in films like "Virodhi", "Aulad Ke Dushman" and "Jaani Dushman: Ek Anokhi Kahani", has been in the spotlight on "Bigg Boss Saath-7" several times due to his temper.

The show, hosted by Bollywood star Salman Khan, features celebrities from different walks of life who are made to live together in a secluded house with over 80 well-placed cameras which pry on their activities 24X7.

After the news broke, people took to Twitter to express their opinions. Here is how they reacted:

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks